विराटनगर । देउसी, भैलो राति १० बजे पछि नखेल्न मोरंग प्रशासनले अनुरोध गरेको छ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न बिशेष सुरक्षा योजना लागु गरेको मोरङ प्रहरीले यस्तो अनुरोध गरेको हो ।
प्रहरीले सुरक्षा सतर्कतासमेत बढाएको छ । मानिसको बढी चहलपहल हुने स्थानमा प्रहरीको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार सादा पोशाक र साइकल गस्तीबाट पनि निगरानी बढाइएको छ । प्रहरीले छठसम्म होटल तथा रेष्टुरेन्टहरूलाई १० बजे अघि नै बन्द गर्न पनि सूचना जारी गरेको छ ।