बेलबारी । आर्थिक अभावका कारण पाठेघरको समस्याबाट ग्रसित बेलबारी ४ यलम्बर चौककी २८ बर्षीया रुपा लिम्बुको नोबेल अस्पताल बिराटनगरमा निशुल्क उपचार सहित शल्यक्रिया हुने भएको छ ।
स्थानीय बिष्णुमाया कार्कीको घरमा आश्रय लिएर बस्दै आएकी २८ बर्षीया लिम्बु लामो समयदेखि सो रोगबाट गस्रित रहेकी थिईन । नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु,बेलबारी नगर कोषाध्यक्ष जनक पोख्रेल,वडा संयोजक डम्बर बस्नेत,सक्रिय सदस्य चन्द्र लिम्बु लगायतको पहलमा उनलाई नोबलेका सञ्चालक सुनिल शर्माले निशुल्क उपचार सहित शल्यक्रियाको ब्यबस्था गरिदिएका हुन । निशुल्क उपचार पाउने भएपछि रुपाले आफुलाई नोबेल अस्पताल बरदान साबित भएको बताएकी छिन । उनले खर्च अभावमा अब आफुले मर्नु नपर्ने भन्दै खुसी समेत ब्यत्त गरेकी छिन ।
पछिल्लो समय शर्माले मोरङ क्षेत्र नम्बर ३ का गरिब,असहाय तथा बिपन्न बर्गका ब्यत्तिहरुलाई निशुल्क उपचारको ब्यबस्था गरिदिँदै आएका छन । एकसाता अघि मात्र सोही वडाका गोरसबहादुर धिमालको समेत उनले निशुल्क उपचारको ब्यबस्था गरिदिएका थिए ।