• उर्लाबारी कात्तिक ११ गते । ‘संगठित प्रयास समस्याको निकास,नागरिक दाहित्व स्थानिय विकास’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक काममा क्रियाशिल सामुदायिक विकास मञ्च उर्लाबारीले तिहारमा आयोजना गरेको देउसी भैलोको रकम सार्वजनिक गरेको छ । उर्लाबारी—६ स्थित महारुद्र शिवालय मन्दिर परिसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरि आय—व्यय सार्वजनिक गरेको हो । देउसीमा २ लाख १० हजार ५ सय ४४ रुपैंया आय र २३ हजार ४ सय ३६ रुपैंया खर्चभएको कोषाध्यक्ष प्रभु राईले जानकारी दिनुभयो ।



    राईको अनुसार १ लाख ८७ हजार १ सय ८ रुपैंया वचत भएको छ । आय व्यय तथा देउसी समापनमा कार्यक्रममा देउसीमा सहभागी देउसीटोलीलाई प्रशंसापत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा उर्लाबारी वडा नम्बर ६ का अध्यक्ष चिन्तामणि पौडेलले पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्र्नुभयो । प्रमुख अतिथी पौडेलले चाडपर्वका खेलिने देउसीले गाउँको विकास गर्न सामुदायिक विकास लागेकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो,अचेल देउसी खेलेर बनभोज जाने,मनोरञ्जनमा सक्ने मानसिकताको विकास भईरहेको अबस्थामा सामुदायिक विकास मन्चको यो काम उदाहरणिय छ । राम्रा काम गर्ने संस्थाहरुलाई वडाको तर्फबाट पनि सहयोग रहनेछ ।



    देउसीटोलीका संयोजक नारादमणि नेपालको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारीवडा नम्बर ५ की महिला सदस्य देबीकला राई,सिद्धेश्वर वावा धाम उर्लाबारीका उपाध्यक्ष भक्ति प्रसाद पोखरेल,महारुद्र शिवालय मन्दिरका भजन किर्तन मण्डली अध्यक्ष सिताराम तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । देउसीको समापनको अवसरमा कलाकारहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रम आकर्षक बनाएका थिए ।


    देउसीटोलीका उपसंयोजक गजेन्द्र दंगालले देउसीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं साँस्कृतिक पर्वको जर्गेना सहित सामुदायिक विकास मन्च सामाजिक काममा लागिरहेको जानकारी दिनुभयो ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…