• नवग्रहमा सुर्यको सत्ता सवैले स्विकारेका छन र यो सत्ता को प्रत्यक्षिकरण छ।

    नवग्रहमा सुर्य राजा हो यो राजा वाट यो सुर्य वाट अन्य ग्रह जिवित छन, नक्षत्र ग्रह सवै को प्रतिष्ठा र उत्पती स्थान नै सुर्य हो र यसैवाट उत्पती पनी भएकाहुन।

    सुर्यको सुषुम्णा नामको रश्मी ले नै क्षिण चन्द्रमा लाइ वडाउछ,

    हरिकेष नामको रश्मिले नक्षत्रलाइ उत्पन्न गर्छ,

    विश्वकर्मा नामको रश्मिले वुधलाइ सन्तुष्ट गर्छ,

    विश्वावसु नामक रश्मि शुक्रको उत्पती स्थान भनिएको छ।

    संवर्धन नामको रश्मी मंगलको उत्पतीस्थल हो

    अश्वभुनामको रश्मी वृहस्पतीको उत्पती स्थलहो।

    सुराट् नामको रश्मी शनैस्चरलाइ वृध्दी गर्छ,



    यसै कारण ग्रह नक्षत्र कहिल्यै पनी नस्ट हुदैनन।



    सुर्य साधना नै नवग्रहमा उत्तम साधना हो जस्ले अन्य ग्रहहरुको प्रतिकुलतालाइ समेत अनुकुलतामा परिणत गर्छ।

    यसैकारण पनी नवग्रहमा सुर्य राजा हो

    र यसैकारण सुर्यको सत्ता सवैले स्विकारेका छन।



    सुर्य साधना र गायत्री मन्त्र



    गायत्री मन्त्र नै सुर्य साधना हो गायत्री मन्त्र भन्दा ठुलो मन्त्र अरु छैन गायत्री वेदको माता हो र चारै वेदको मन्त्र नै गायत्री हो

    गायत्री सवै देवहरुको र सवै वेदहरुको मन्त्र हो

    यसै कारणले सुर्य मन्त्रको ठुलो वल छ।

    ठुलो महत्व छ।

    विना सुर्य साधना कुनै पनी इष्ट को साधना संम्भव छैन यो वुजे हुन्छ।



    गायत्री मन्त्र नै सुर्य साधना हो र हाम्रो हिन्दु धर्ममा जति पनी देव देवीहरु छन ति सवैको गायत्री मन्त्र छन।

    र हाम्रो वैदिक विधिमा सुर्य उपसना प्रमुख हो र अन्य देव को उपसना मा सुर्य नै प्रमुख आधार हो र सवै देवको आधार नै सुर्य हो

    पहिलो कुरा त तन्त्र ले के भन्छ भने आफ्नो इष्टदेवतालाइ सुर्य मन्डलमा सम्झेर सुर्यलाइ अर्घ्य दिनुस र आफ्नो इस्ट देवको गायत्री मन्त्र जप्नुस ।

    यो कुरा वुज्नुस सुर्यलाइ अर्घ्य नदिकन कुनै पनी सांधनाको सिध्दी हुदैन र यसो गर्नु पनी हुदैन शास्त्र मत विरुध्द हुन्छ।

    सवै देवहरुको सक्तिको आवास स्थान नै सुर्य मन्डल हो।

    ग्रहमा सुर्य राजा हो राजा ठिक त सवै ठिक

    राजा खराव भए राम्रो को पनी राम्रो नतिजा पाइन्दैन अरु खरावै छन भने पनी सुर्य ( राजा) ठिक छ भने राहत हुन्छ ।

    नवग्रहमा सुर्य को महत्व यस्तो छ

    सुर्यले नै हामीलाइ कर्म गर्न सिकाउछ

    सुर्योदय संगै हामी उठछौ सम्पुर्ण चराचर जगत जागछ र आफ्नो दैनिकी कर्ममा प्रेरित हुन्छौ।



    अत

    सुर्य सुभ स्वगृह उच्च मित्र रासीमा ग्रहण योग वाट मुक्त पाप प्रभाववाट मुक्त छ भने

    राम्रो सुभ प्रभावमा वुध्दी हुन्छ अन्य अशुभ ग्रहको महादसामानी ग्रहकोवल कमजोर भएर असुभतामा न्युनिकरण हुन्छ

    तर

    सुर्य खराव भए असुभ भए ग्रहण योगमा परेको अवस्थामा सुर्यको असुभता र अनिष्ट अरु वडेर आउनु का साथै अन्य असुभ ग्रहको अनिष्ठता मा समेत वृध्दी हुन्छ।



    यस्तो अवस्थामा

    सुर्य साधना नै उत्तम हो

    सुर्य साधनाले उर्जा र सक्ती दिन्छ

    सुर्य उर्जा र सक्ती को स्रोत हो

    सुर्यले प्राण दिन्छ आयु दिन्छ

    सुर्यले निरोगिता दिन्छ



    अन्य ग्रहलाइ पनी ठिक गर्छ

    मानिसहरु थाकेर गलेर

    राती सुतेपछी सुर्योदयको समयमा पुन जागरुक भएर उठ्छन सुर्य ले नै आफ्नो तेज ले सव प्रकासित हुन्छन ।

    सुर्यले हृदयको दुर्वलता नास गर्छ हृदय रोग र कास रोग नस्ट गर्छ ।

    समुन्द्र को नुनिलो पानी स्वयम पिंएर पुन पिउने योग्य वनाउछ।

    भगवान श्रीकृष्णव्दारा अभिसप्त उन्को छोरा साम्वाने आफ्नो कोढको रोग सुर्यको अनुग्रहवाट नै शमन गरेका थिए,

    कुष्ठरोग पनी सुर्य सांधनाबाट ठिक हुन्छ।



    महर्षि अगस्त्य ले युध्द क्षेत्रमा श्री रामलाइ आदित्यहृदयस्त्रोत्र को उपदेस दिएका थिए

    र राम विजयी भए।



    आदित्याय विदमहे सहस्रकिरणाय धीमही । तन्न: सुर्य : प्रचोदयात्



    सुर्यनारायण तिर मुख गरेर यो मन्तर जप गर्यो भने महाव्याधी को भय वाट मुक्ती मिल्छ दरिद्रता नास हुन्छ सवै दोष र पापवाट मुक्ती मिल्छ ।

    यो सावित्री विधा हो ।

    जस्ले सुर्य देवताको हस्ता नक्षत्र भएको वेलामा अर्थात असोज महिनामा जप गर्यो भने मृत्यु तुल्य कष्टवाट राहत पाउछ।



    निम्वार्क/ निम्वार्क



    सुर्य र निम्वार्क को सम्वन्ध पनी जीवनमा धारण योग्य छ

    निम्वार्क के हो त?

    निम्बे अर्क : निम्बार्क सप्तमी तत्पुरुष समाससे निम्व वृक्ष मा सुर्य परिवोध हुन्छ।



    पितामहाव्रम्ह कृत्रिम भेंषमा दिउसो को भोजमा सन्यासिको रुपमा श्री निम्वार्कतप स्थलमा पुगे र सवैलाइ भोजनकोलागी निम्वार्क ले संकेत गरे तर सुर्य अस्त भैसकेको थियो किन्तु निम्वार्कले रातमा पनी सुर्य दर्शन गराए र सन्यसरुपी व्रम्हको आतिथ्य गरे र हठात् सुर्य अन्तर्निहित भयो र रात सामुन्ने देखियो

    व्रम्हको आस्चर्य भयो र यसै वेला देखी उनलाइ निम्वार्क नामले सम्बोधन हनथाल्यो

    निम्वार्क को नामको अर्कों रहस्य पनी छ



    सर्वरोगहर निम्व

    आयुर्वेद को यो महान वचन सिध्द छ समस्त रोग निम्व वृक्षवाट सान्त हुन्छ रोगीहरुले निम्व वृक्षको सहारा लिदा हुन्छ।



    कोलाहल नामक दैत्य संग भगवानहरुको युध्द भयो र दैत्यको प्रहारवाट वच्न भगवान हरु सुक्ष्म रुप धारण गरेर वृक्षमा चडे

    जवसम्म भगवान महाविष्णुले दैत्यको नास गरेनन तवस्म्म

    सिवजी वेलमा

    विष्णु पिपलमा

    इन्द्र सिरिसमा

    सुर्य निम्वमा लुकिरहे

    अत

    निम्व को पुजा गर्नु पनी समस्त रोगको

    उपचार हुन्छ सुर्य ग्रह अनुकुल हुन्छ





    ऊँ एें ह्रीं श्री सुर्य नारायणाय नम;



    यो भगवान सुर्यको अती उत्कृष्ट मंन्र हो यस्को जप मधुरता पुर्वक गर्नु पर्छ सुर्य हाम्रो ग्रहमन्डलको अधिष्ठता हो सुर्य ठिक छ भने अरु ग्रह जस्तो पनी होस चाहे उच्च होस चाहे निच होस सव ठिक्कै रहन्छन यदी राजा ठिक छ भने निकम्मा मन्त्री अधिकारी पुलिस इत्यादि सवै कयदामा रहन्छन । राज भय आवस्यक छ राज तत्व श्री क्रोधराज भैरवमा रग रगमा भरिएको हुन्छ यसैकारणले त महादेव समस्त रूद्राणियाँ उन्को सामुन्ने जी हजुरी गर्छन उन्को आज्ञाको उल्लंघन गर्दैनन।



    यौटा कुरा तपाइ लाइ भन्छु



    भर्खरै यौटा वैज्ञानिक रिसर्च भएको छ चिकित्साको क्षेत्रमा वैज्ञानिकहरुले पाएँ की विटामिन डी-३ एंवम विटामिन वी -१२ जुन सिर्फ़ मात्रै सिर्फ़ सुर्यको किरणवाट पाइन्छ

    ठुला ठुला स्वस्थ्य खिलाडी ठुला ठुला अधिकारी राष्टध्यक्षहरु अभिनेत्रियाँ ठुला ठुला आध्यात्मिक व्यक्तीहरु सामान्य भन्दा कम मात्रामा जस्को कारण समस्त विस्वमा मानसिक विक्षिप्तता नपुसंक्ता आत्महत्या को प्रवृति जीवन जीउने इच्छामा भारी कमी

    अकारण भय मा रहने घोर असुरक्षाको भय

    चिडचिडापन कुनै विमारी नहुदा पनी विमारीको भान हुनु प्रेममा असफलता व्लडप्रेसर डायविटिज कैंसर हार्ट अटेक नसाको लत हिंसक व्यवहार इत्यादि तीनहजार६: सय प्रकारको मानसिक एंवम शारीरिक र आन्तरिक रोगपछाडी विटामिन डी-३ र विटामिन वी-१२ को कमी नै प्रमुख कारण हो यस्तो कसरी भयो ? सिधा कुरा छ मानिसहरु जुन पृथिवी मा रहन्छन र यो पृथिवीको गती मती र बुध्दी को एक मात्र अधिष्ठता भगवान सुर्यलाइ अर्घ्य दिने क्रीया उपसना इत्यादि छोडेको कारणले विटामिन डी-३ र विटामिन वी-१२ को कमी भयो ,

    अत प्रत्येक चिकित्सकहरु ख़ुद आफ्नै पनी पहिले विटामीन डी३ र विटामिन वी १२ को जाँच पहिल्यै नै गराउछन

    यसै कारणले सुर्य भगवानको मंत्र जप्नुस

    सुर्य नमस्कार गर्नुस अर्घ्य दिनुस र स्वस्थ्य रहनुस।



    अनिष्ट सुर्यको प्रभाव

    सुर्य कुन्डली को १२, भाव का कहा स्थित छ , कुन ग्रह संग युति गरेको छ त्यस अनुसार त्यस्को अनिष्ट देखिन्छ जस्को प्रकाश पार्न यहाँ सम्भव छैन , सामान्यतया सुर्य अनिष्ट हुदा शिर रोग , पिता पुत्रको सम्वन्ध प्रतिकुल हुने , श्रिमान श्रिमतको सम्वन्ध मा मधुरता नहुने, सन्तान सुखमा वाधा , राज्य सुख मा कमी , पदप्रप्राप्ती मा वाधा , राज्यवाट दण्ड , आदी योग हुन्छ।



    अनिष्ट सुर्यको उपचार



    १ सुर्यलाइ जल जडाउनु



    २ रातो माला अथवा रुद्राक्ष माला ,सुर्य यन्त्र र रातो कपडा लिने र रातो माला अथवा रुद्राक्ष मालाले सुर्यको मन्त्र आइतवार ७००० हजार जप गराएर विहान ११ वजे नदिमा माला यन्त्र रातो कपडामा पोकोपारेर विसर्जन गर्ने र फर्केर नहेर्ने।

    ३,वेल को ज़रा आइतवार शुभ नक्षत्रमा प्राण प्रतिष्ठा सहित धारण गर्ने ।

    ४ आदित्यश्त्रोत्र पाठ गर्ने

    ५ सुर्य कवच पाठ गर्ने

    ६ सुर्य सहस्रनामा पाठ गर्ने

    ७ सुर्य अष्टोत्तर नामावली पाठ गर्ने

    ८ गायत्री मन्त्र जप गर्ने

    ९ माणिक रत्न धारण गर्नु

    १० घरवाट वाहिर निस्कदा पानि पिउने

    माथि उल्लेखित उपायहरुमा केही यस्ता उपायहरु पनि छन जो कि जानकार ज्योतिषको सल्लाहमा मात्रै गर्न सकिन्छ अत सुर्यको अनिष्ट कस्तो प्रकारको छ स्थायी अनिष्ट छ की अस्थाइ त्यो अनुरूप उपाय गर्नकै लागी जानकार ज्योतिषसंग परामर्श लिएर गर्न सुझाव दिन्छु।

    (जन्मकुन्डली विसयमा राय सुझाव मार्ग निर्देशन र अनिष्ट ग्रहको समनको लागी परामर्श सेवा उपलव्ध छ सम्पर्क ९८४२०२३४३५)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…