• काठमाडौँ, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि शुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

    सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र पत्रकार महासङ्घबाट सो बीमा कार्यक्रम शुरु गरिएको हो । महासङ्घले उक्त कार्यक्रमअन्तर्गत आव २०७५÷०७६ मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला, प्रतिष्ठान शाखा र एशोसिएट संस्थाका सदस्य पत्रकारलाई आवश्यक प्रक्रिया पु¥याई आउँदो मङ्सिर १५ गतेसम्ममा सहभागी हुन अनुरोध गरेको छ ।

    महासङ्घका महासचिव रमेश विष्टले गत वैशाख र असारमा बीमा गरिएका पत्रकारले बीमाका लागि प्रक्रिया पु¥याई २०७६ वैशाखपछि सम्पर्क गर्नुपर्ने जानकारी दिनुभयो । सरकारले पत्रकारका लागि दुर्घटना बीमा निर्देशिका, २०७० मार्फत पाँच लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको थियो । दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचयपत्र र महासङ्घको सदस्यता नवीकरण तथा सदस्यता लिएको हुनुपर्नेछ ।



  • सम्वन्धित समाचार

    लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

    काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

    सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

    सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…