• उर्लाबारी । केबिआई ग्रुपले राजघाटको सार्वजनिक मावि आम्बारीमा पनि विद्यालयको स्तरोउन्नतीको लागि सरसल्ला तथा बैठक बसेको छ ।
    ग्रुपका प्रतिनिधी भीम पन्धाकको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक टंक दुलाल,अध्यक्ष कुरुराज आङबुहाङ, सदस्य जानुका देवी श्रेष्ठ,उर्लाबारी ९ का वडा सदस्य खड्गबहादुर कार्की, स्थानीय युवा योबाहाङ तुम्बाहाम्फे,समाजसेवी रुद्र सुब्बा,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजय आङबुहाङ र पत्रकार तेजन खड्काको विद्यालयमा बसेको बैठकले स्तरोउन्नतीको लागि छलफल समेत गर्दै बिभिन्न निर्णयहरु पनि गरेको छ ।




    उक्त विद्यालयका स्तरोउन्नतीको लागि हङकङमा इन्द्र खापुङ लक्ष्मीले अगुवाई गर्दै सहयोग संकलन गर्नुभएको थियो ।
    खापुङले विद्यालयका शुभेच्छुक तथा पूर्व विद्यार्थीहरुसँग १ लाख ३० हजार संकलन गर्नुभएको थियो । उक्त रकममा केवीआई गु्रपले आफ्नो कोषबाट ५० हजार थप गर्दै १ लाख ८० हजार सहयोग गर्ने भएको छ



    । छलफलमा विद्यालयका समस्याहरु अध्यक्ष आङबुहाङ र प्रअ दुलालले राख्नुभएको थियो । हङकङबाट इन्द्र खापुङ छुट्टीमा घर फर्किएपछि चाँडै नै रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…