• उर्लाबारीःक्यान्सर रोगले सताएपछि मोरङको उर्लाबारी–१ लक्ष्मीझारका ५२ बर्षीय पत्रे धिमालले खाना राम्रोसँग नखाएको महिना वितिसकेको छ । पत्नी मनमाया धिमालले गिलो भात र दाल दुखले खुवाउँदै आएकी छिन् । पत्रे बोल्न सक्दैनन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा तीन महिनाअघि मुखमा क्यान्सर भएको पत्ता लागेको थियो । मुखमा क्यान्सर भएको पत्ता लागेपनि आर्थिक अभावका कारण धिमाल परिवारले थप उपचारको लागि भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान नसकेको पारिवारिक सदस्य विनोद धिमालले जानकारी दिए ।

    मुखको क्यान्सर फैलिरहेको छ तर, उपचार गर्ने पैसा नभएर रोग पालेर पत्रे बसिरहेका छन् । आर्थिक अवस्था ज्यादै कमजोर रहेका धिमालको घर भईको ऐलानी जग्गाबाहेक अरु केही छैन । जनमन र दाउरा बेचेर परिवारको जीविकोपार्जन गर्दै आएका पत्रे अहिले आफै थला परेको तीन महिना वितिसकेको छ । सात जना सन्तानको धिमाल परिवार यतिबेला पत्रेको उपचार कसरी गर्ने भन्ने बिषयमा चिन्तत छ । तीन बर्षको छोरा देखाउँदै पत्रेकी पत्नी मनमायाले भनिन्–‘ सानो सानो आर्थिक सहयोग पाए मेरो श्रीमानको ज्यान बाँच्थ्योकी ।’ उनले आफूहरूको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै आफ्नो पतिलाई बचाउनका लागि सबैले सहयोग गरिदिन आग्रह गरिन् । बाँच्नका लागि उपचार गराउन सबै दयालु हृदय भएका मानिससँग सहयोगको अपेक्षा उनले गरेकी छिन् ।

    उनको उपचारका लागि आर्थिक अभाव भएका कारण घरमै थन्किएर बसेका छन् । पत्रेलाई सहयोग गर्न चाहनेले उनकी पत्नी मनमायालाई ९८०४३३४५१६, ९८१०५५४८१२ र ९८०५३१६९७० मोबाइल नम्बरमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

    यसैबीच मंगलबार उर्लाबारी–७ की ममता राना मगरको नेतृत्वमा देउसी खेलेर संकलन भएको १० हजार रुपैयाँ मंगलबार हस्तान्तरण गरियो भने लक्ष्मीझारमा देउसी खेलेर संकलन भएको ३५ हजार ५ सय रुपैयाँ बिहीबार हस्तान्तरण गरिने जनाइएको छ । त्यस्तै, उपचारका लागि लैजानका लागि उर्लाबारी–७ का मनोज धिमालले १० हजार सहयोग गर्ने भएका छन् । बुधबार सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, पूर्वअध्यक्षद्वय रुपेन्द्र शेर्मा र घनश्याम भण्डारी घरमै पुगेर विरामीको अवस्थाका बारेमा अवलोकन एम्बुलेन्समार्फत भरतपुर लैजाने प्रबन्धका लागि पहल गरिरहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…