• २९/१०/२०१७ आइतबार By:Ratokalam

    साहित्य मानव जीवनको सरल, सहज र सार्थक पाटो मानिन्छ। साहित्यले सबैलाई अंगालेर हिड्छ तर साहित्य अंगाल्ने कमै भेटिन्छन्। आजभोलि साहित्यको नाममा व्यापार र राजनीति निकै फस्टाएको पनि देखिन्छ। साहित्यमा चलेको त्यही विकृतिको बिरोध स्वरूप स्वस्छ साहित्यमा तन-मन दिएर लागिपरेका प्रवासी मनहरुलाई एकत्रित गर्दै एउटै आवाज बनेर साहित्य सिर्जनामा रमाउन र साहित्य संरक्षणमा टेवा पुर्याउन जुरमुराएका एक हुल नेपाली मन आज युएइमा मात्र होइन सिंगो विश्वलाई तताउने लक्ष्य बोकेर लम्किएरहेका छन्।

    आज भन्दा करीब छ बर्ष अगाडि २०६९ मा नेपाली साहित्यलाई मायाँ गर्ने केहि युवाहरूको सक्रियतामा यूएइ अबुधाबीको icad को चौरमा बसेर गठन गरेको संस्था " सगरमाथा साहित्य मञ्च" यूएइको पुनरगठन भएको छ। पूर्णगठित समितिले सोह्र सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ भने नयाँ बनेको कार्यसमितिले संस्थाको नाम पनि संशोधन गरेर " सगरमाथा साहित्य प्रतिष्ठान " राख्ने निर्णय गरेको छ।

    "सगरमाथा साहित्य प्रतिष्ठान" युएइको आज मिति १० कार्तिक २०७४ तदनुसार 27/10 /2017 शुक्राबारका दिन सम्माननीय अध्यक्ष कृष्ण बिश्वकर्मा ज्यु को अध्यक्षतामा बसेको कार्यसमितिको अनलाइन बैठकले बार्षिक कार्ययोजनाका रुपमा विषयगत निम्नानुसार निर्णयहरु गरेका छ।

    संरक्षक :
    समर चेम्जोङ "आभाष"
    विवेक दुलाल क्षेत्री "दमक"
    किरण मियोङ्बा (नेपाल)

    सल्लाहकार:-
    एल सुनेदी हस्ती (युस)
    अधिकारी प्रकाश (नेपाल)
    टक गुरुङ
    सुबास सङम राई (नेपाल)
    जी.पी. तिवारी(नेपाल)
    नारायण बी.के.(नेपाल)
    रामकुमार दिल्लगी
    लक्ष्मण भन्तना शिरीष

    कार्यसमिति:-
    अध्यक्ष : कृष्ण विश्वकर्मा
    उपाध्यक्ष : सुरज राना
    उपाध्यक्ष : सेल्कर पाखृन तामाङ
    सचिव : अमन एकल(रामकृष्ण पाण्डे)
    सह-सचिव : राजु भण्डारी
    कोषाध्यक्ष : विराज नेपाल
    सह-कोषाध्यक्ष: ऋतु सन्धि रोका
    सदस्य : कर्ण गिरी
    सदस्य: दिर्घ क्षेत्री दीप
    सदस्य-राजेसराज गड्तौला
    सदस्य : लक्ष्मण कुँवर
    सदस्य: क्षितिज मियोङ्बो एनबी
    सदस्य: दुरबस्तिको शिशिर
    सदस्य: संजय सृजना
    सदस्य: प्रतीक सङ्ग्रामी
    सदस्य :इस्वर च्याम्बा
    सदस्य:

    निर्णयहरु :-
    १ मासिक 20/20 का दरले पदाधिकारीहरुबाट संकलन गर्ने।
    २. लागत पदाधिकारी हरुबाट संकलन गरि यथाशीघ्र website संचालन गर्ने
    (50/50 दिराम उठाउने )।
    ३. अनलाइन मिटिङ प्रत्येक महिनाको अन्तिम शुक्रबार बेलुका 6 बजेपछि बस्ने र प्रत्यक्ष मिटिङ 4/4 महिनामा पायक पर्ने स्थानमा गर्ने ।
    ४. बार्षिक रुपमा बिश्वब्यापी अनलाइन प्रतियोगिता राख्ने , विविध विधा समेटेर एक कृति (स्मारिका ) प्रकाशित गर्ने।
    ५. बार्षिक कार्यक्रममा हरेक बर्ष एक अग्रज साहित्यकारलाई सम्मान साथै युएई बाट बिदा हुनुहुने पदाधिकारीहरुलाई कदरपत्र सहित स सम्मान बिदाई गर्ने।
    ६. हरेक बर्ष बार्षिक कार्यक्रम पश्चात् बिजयी प्रतियोगी पुरस्कृत, कृति बिमोचन , अग्रज साहित्यकार सम्मान सहितको बार्षिकोत्सव मनाउने।
    ७. पदाधिकारीहरुले आ आफ्नो जिल्ला र साथीहरू संग समन्वय गरि मिडिया र अन्य सस्थाहरु संग समन्वय गर्ने।
    ८. कार्यसमितिका पदाधिकारीहरुको छलफललेयथासिघ्र प्रतिष्ठानको बिधि बिधान बनाउने।
    ९. प्रतिष्ठान दर्ता गराउने जिम्मेवारी नेपालमा रहेका मित्रहरूलाई दिने।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…