काठमाडौं,मंसिर २ ।
डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ ।
आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।
उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ ।
उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ । नयाँ पत्रिकाबाट ।