• चुलाचुली/ अार्थिक विपन्न बालबालिकाहरूकाे शिक्षा सहयाेगार्थका लागि अभियान "हामी पनि पढ्न चाहान्छाैं" देउसे भैलाे विर्सजन कार्यक्रम २०७५ अाज सम्पन्न भएको छ । गाैरादह नगरपालिका वडा नं.१ स्थित बजारको खुल्लामञ्चमा एजे क्रियूले अायाेजना गरेका उक्त कार्यक्रममा गाैरादह नगरपालिका मेयर राेहित शाहकाे प्रमुख अतिथत्व रहेको थियाे । एजे क्रियू एकेडेमिका प्रवन्धक तथा काेरियाेग्राफर अरूण अाेजीले अाय व्याय प्रस्तुत गरेका थियाे । जम्मा अम्दानी ३ लाख ८६ हजार रूपैयाँ , खर्च २ लाख ९२ हजार, बचत ९४ हजार रूपैयाँ सुनाई गरेका थियाे । अरूण अाेजिले भने,`खर्चबाट बचेका पैसा विपन्न बालबालिकाहरूका लागि सहयोग प्रदान गर्नछाैं ।´

    कार्यक्रममा गाैरादह नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हेमन्त कार्कि, वडा सदस्य गंगा माया विक, समाजसेवि दुरेन नेम्वाङ, विन्द प्रसाद राई, सुजन लिङलेकु, लगायत दर्जन अतिथिहरूकाे उपस्थित रहेको थियाे । कार्यक्रममा कलाकारहरूलाई पुरस्कार वितरण, संगिनी, काैडा, माझी नृत्य, दिम्वु संस्कृति गरि १० वटा सांस्कृतिक प्रस्तुती गरिएको उक्त कार्यक्रममा नव गायक विक्रम थुलुङले ३ वटा गीत गाएको थियाे । कार्यक्रम सन्ताेस राईकाे संयाेजकत्वमा सम्पन भएको थियाे ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…