• उर्लाबारी  ।  गीतकार बिष्णु कुमार ईङनामको पहिलो गीति एल्वम “यो जीवन” को तयारी अन्तिम चरणमा पुगेको छ । उनको एकल शब्दमा समावेश गरिएका एल्वममा दिपक लिम्बु, मिलन अमात्य, रजिना रिमाल लगायत अहिलेका चर्चित गायक गायिकाले स्वर दिएका छन् । ६ वटा गीतहरु रहेको एल्वम आगामी मंसिर दोस्रो सातासम्म बजारमा ल्याउने तयारी भइरहेको गीतकार ईङनामले जानकारी दिएका छन् ।

    https://www.youtube.com/watch?v=vHWw7XzGWJ8&feature=share

    ‘नाता तोड्यौ’, ‘यो माया हो’, ‘यहि हो मेरो तेह्रथुम जिल्ला’, ‘पहाडकी रानी’, ‘चासोक तङनाम’, ‘पहिलो भेटमा देखे तिमीलाई’ र ‘यो जिवन तिमी बिना अधुरो’ बोलका गीतहरु समावेस छन् । जसमध्य पहिलो भेटमा देखे तिमीलाई, पहाडकी रानी, यो जिवन तिमी बिना अधुरो गीतका म्युजिक भिडियो समेत तयार भइसकेका छन् । भिडियोमा गीतकार बिष्णु कुमार ईङनाम, रेखा फागो, टिआर सेनेहाङ, मीना मादेङले अभिनय गरेका छन् । जिवनका उतारचडावलाई समेटेर यसका बिषेशता बोकेका ६ वटा गीतहरु तयार गरि “यो जीवन” नाम दिएर गीतकार ईङनामले दर्शक श्रोतामाझ पहिलोपल्ट आफ्नो एकल प्रयासमा एल्वम प्रस्तुत गरेका हुन् । उक्त गीतहरुमा माया प्रेमको भावलाई समेट्दै, आफ्नो जिल्लाको चिनारी तथा लिम्बु संस्कार संस्कृति लगायतको भाव झल्कने शब्दहरुको रचना रहेको गीतकार ईङनामले बताएका छन् ।

    https://www.youtube.com/watch?v=ttDwvYH9hjQ&feature=share

    गीत लेखनसँगै मोडलिङमा पनि सक्रिय उनले एल्वममा समावेश गीतहरु मध्य ४ वटामा आफैले मोडलिङ गरेका छन् भने बाकि निर्माण हुने २ वटामा गीतमा भने अन्य कलाकारहरुलाई देख्न सकिनेछ । तेह्रथुम ईवा पुख्र्यौली घर भएका ईङनाम हाल झापाको गौरादहमा स्थाई घर भई हाल हङकङमा कार्यरत रहेका छन् ।

    बिगत ७ बर्षदेखी प्रवासमा बस्दै आएका ईङनामले आथिर्क उपार्जन भन्दापनि गीत संगीत सिर्जनामा बढि समय खर्चिदै आएका छन् । जसले उनलाई दर्शक स्रोतामाझ नयाँ परिचय स्थापित गर्ने क्रममा रहेको पाईन्छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…