•  ओम आचार्य

    मेष र वृस्चिक राशीको स्वामी मंगल ग्रह हो र यो भुमी कारक हुन्छ । भुमीलाइ उठाउने गगटा अर्थात जमिन मुनी गगटा वस्छ र जमिन उठाउछ । यी दुवै रासीलाइ कर्कट राशी योगकारक हुन्छन ,कर्कट भनेकै गगटा हो । कर्कट जल प्रधान पनी हो जलिय राशी हो पानी संग जल संग भुमिको को अन्तरंग सम्वन्ध छ अर्कों कुरा पृथिवी पानिमा डुवेको थियो त्यो पृथ्वीको कस्ले उध्दार गर्यो, वराह भगवानले ,वराह भगवान भौम प्रधान व्यक्तीको लागी इस्ट नै हो ,मंगल प्रतिकुल छ भने त्यसलाइ अनुकुल वनाउन वराहा भगवान को उपसना पुजा गर्न उपयुक्त हुन्छ।

    भुमी सुख छैन भने,भुमीमा झगडा छ भने,

    वराहा भगवानको उपसनाले लाभ मिल्छ,

    वराहा भगवानको कृपा को लागी वंन्देल को दाँरा धारण गर्नाले पनी सकारात्मक  परिणाम मिल्छ।वल वीर्य प्राप्त हुन्छ,भुत प्रेत वाट सुरक्षा मिल्छ,अर्कों कुरा मंगल रक्त संग सरोकार राख्छ ,मंगल अनिष्ट प्रतिकुल हुदा रक्त दान पनी उपयुक्त हुन्छ ,सुभ परिणाम मिल्छ।

    कार्तिकेय देवसेनाको सेनापति हुन भने नवग्रहमा मंगल सेनापति यी दुवैको चरित्र स्वभाव मिल्छ ।मंगल को शुभतामा वृध्दिको लागी कार्तिककेयको उपसना साधना अत्यन्त लाभदायक छ ,कार्तिककेयको साधनाको अर्कों लाभ पनी छ काल सर्प योग राहु जन्य दोष पनी समन हुन्छ।मेष र वृस्चिक राशी भएकाहरुको सधै उठने वितिक्कै भुमीलाइ ढोग्नुस ,देवि भागवत पुराणमा उत्तम मन्त्र छ मंगल चण्डिके को यो धेरै मै राम्रो मन्त्र हो यो नियमित जप्नुस परिणाम तपाइको पक्षमा ।

    ऊँ ह्री क्र्रोधधारिणै स्वाहा

    विरताकोलागी

    साहासकोलागी

    सत्रु नासको लागी

    मंगल ग्रह शुभतामा वृध्दिको लागी 

    नेतृत्व क्षमतामा विकासको लागी यो मन्त्रलाभदायक   छ।

    नौं ग्रहमा मंगल देव लाइ भुमी पुत्र  भनिन्छ अर्थात पृथ्वी माता हो माता र पुत्र को असीम सम्बन्ध यस्मा अनुभव गरिएकोछ छ

    जव पृथ्वीमा संकट आउछ

    हनुमान नरसिंह कार्तिकेय एवंम अनन्त विष्णु अवतार मंगल ग्रह को माध्यमबाट पृथ्वीमा आएर माताको कष्ट लाइ निवारण गर्छन।

    दश महाविध्या अन्तर्गत भगवती बगलामुखीको सिधा समवन्ध मंगल ग्रह संग छ।

    मंगल ग्रह लाइ अनुकूल गर्न सवै भन्दा सजिलो उपाय मुगाको गणेश धारण गरनु ,र

    चार मुखि रुद्राक्ष धरण गर्नु पनी हो।

    मंगलको विपरीत ग्रह दसामा भुकन्प जन हानी दरिद्रता ऋण दुर्घटना शल्यचिकीत्सा गंभीर रोग स्त्री जातीको गरभपतन संनतान उत्पती नहुनु समस्याको कारण हो।

    मूलाधार चक्रको रंग रातो हुन्छ जो की सक्तीको रंग हो,सक्ती को अर्थ हो उर्जा जागरूकता र विकास,रातो रंग सुतेको चेतनालाइ सक्रिय सचेत चेतनामा परिवर्तित गर्नेको प्रतिक हो।यदी तपाइको रगत तातो र युवा छ भने तपाइ युवा हो,तर यदीतपाइको रगत चिसो र दोष पुर्णछ भने यस्को अर्थ तपाइ थाकिसक्नु भयो,तपाइ वृध्द हुदैहुनुहुन्छ।

    त्यस्तै माँगलिक व्याक्तीहरु तेज हुन्छन 

    मस्तिष्क अत्यन्त सक्रिय हुन्छ

    माँगलिक व्यक्ति कसै संग दव्दैन

    हनुमान जी को बुध्दी अत्यन्त तीक्ष्ण छ यसै कारण मंगलको अधिष्ठाता हनुमानजी हुन भनिएको हो ,मंगल अत्यधिक क्रियात्मक ग्रह हो र व्यक्तिको शारीरिक सक्तीको सुचक हो

    ग्रह मा यस्लाइ सेनापति पनी मानिन्छ

    र यस्लाइ युध्दको देवता पनी मानिन्छ

    मंगल यु्ध्दको निरर्झर हो ,सक्तिको विधाता हो

    र क्रुरताको कोष हो,देस प्रेम तथा साहासको केन्द्र विन्दु हो,मंगल मज्जाको करक हो।

    मंगलको संचालन सक्तिले हामीहरुलाइ कार्य गर्न प्रेरित गर्छ ,मंगलको संदेस नै कार्य गर्नुस भन्ने हुन्छ।मंगल सक्तीसाली स्वभावको ग्रह हो जस्को कुन्डलीमा मंगल सुभ हुन्छ उस्ले आफ्नो पराक्रम को प्रयोग शुभ कार्यमा गर्छ 

    मंगल दोसले दुर्भाग्य को विचार गरिन्छ, जव हाम्रो कि्या अपर्याप्त हुन्छ तव यो हानिकारक हुन सक्छ।अधिकांश कार्यमा ध्यान नदिनेहरु र कार्यमा विलम्ब गर्नेहरुको मंगल केही हद सम्म अयोग्य हुन्छ।सक्तीसाली मंगल पंच महा पुरुस योग प्रदान गर्छ।जस्लाइ रुचक योग भनिन्छ।यदी लग्न वृश्चिक छ र मंगल केन्दमा कहीं पनी छ भने त्यस्ले चक्रवर्ती योग प्रदान गर्छ।त्यो लाभदायक योग हो।

    त्यस्तै चन्द्र मंगल योग त्यो पनी केन्द्र मा छ भने उत्तम मानिन्छ मंगल,मंगलको प्रतिरुप ज्योतिषमा मेष राशी बसन्त संग सम्बन्ध छ यस्को अर्थ नया सुरुवात जन्मको प्रतिक हो मेष राशी जिवात्माको आध्यत्मिक जन्मको संकेत पनी हो र मंगल ले यो आत्मालाइ श्रेष्ठ साहासी र विर वनाउछ ,मंगल वृस्चिक राशीको पनी प्रबन्धक हो जो मृत्युको प्रतिक हो।

    मंगल(मेष)प्रथम भाव जिवनको सुरुवात हो र  वृस्चिक अष्टम भाव मृत्युको प्रतिक हो।

    मेष राशी ले वसन्तको आगमन ल्याउछ र वृस्चिक राशीले शरद ऋतुको प्रारम्भ गराउछ। यो जिवन र मृत्युको प्राकृतिक लयमय प्रतिक हो ।

    Qमाँगलिक योग

      

    मंगल लग्न चतुर्थ सप्तम अस्टम र बारौं भावमा छ भने वर र कन्या दुवैलाइ घातक हुन्छ तर यो उचित हैन किनकी लग्न कुन्डलीमा पाँच स्थान तथा चन्द्र कुन्डलीमा पाँच स्थान अर्थात कुल मिलाएर दस स्थानहरुमा मंगल भयो भने मांगालिक भनिन्छ यस्तो हो भने लगभग ९० प्रतिशत मानिसहरु माँगलिक हुन्छन यो उचित हैन र असंभव पनी हो ,आचार्य वाराह पाराशर र यावानाचारी मीनराज पनी यस मतलाइ अविवेक पुर्ण र आधारहिन भनेका छन ।

    आचार्य वशिष्ठ तथा रामानुजाचार्यले भनेका छन यदी कुन्डलीमा चाहे त्यो लग्न कुन्डली होस या चन्द्र कुन्डलिहोस मंगल निम्न अवस्थामा मात्रै माँगलिक दोस उत्पन्न गर्छ।

    यदी मंगल लगनेस भएर आठौ र बारौंमा सनिको दृष्टीमा छ भने,यदी मंगल लग्न चतुर्थ सप्तम अस्टम र बारौं भावमा निच या अस्त या राहु र सनिको युतिमा छभने,यदी मंगल निचस्थ लग्नेस या सप्तमेस संग अठौं भावमा छ भने,

    यदी मंगल निचस्थ अस्टमेस संग सप्तम भावमा छ भने,यदी मंगल लग्नमा कर्क रासीमा एक्लै छ भने,यदी मंगल लग्नमा र सातौ मा सुक्र एक्लै छ भने,यि छ कुरा उपस्थित हुदा व्याक्ती मांगालिक हुन्छ, दान एवंम स्नान मंगलकोलागी

    मुगा गहु मुसुरी रातो साँडे गुड सुन रातो कपड़ा रातो फुल तामा आदी पदार्थ दान गर्दा मंगल प्रसन्न हुन्छ।

    मंगल ग्रह र हड्डी

     

    मंगल जातकलाइ हड्डी रोग दिन्छ हड्डीमा मुख्यतया मज्जा नामको रस हुन्छ जस्ले हड्डीलाइ मजवुत गर्छ र यस्को मंगल कारक हो अत खराव मंगल  मिथुन कन्या कर्क रासीको मंगल हड्डी भाचिनु  फेक्चर हुनु फल दिन्छ  

    ऊँ क्रां क्रिं क्रौं स: भौंमाय नम:

    धर्मराज रक्षक

    मंगल  ले धर्म ,पवित्र मार्गको रक्षाको पनी भुमिका निर्वाह गर्छ,कुन्डलीमा सक्तिसाली मंगलले व्यक्तिलाइ प्रयास गर्नको लागी उर्जा इच्छा आत्माविस्वास र स्वतन्त्रता प्रदान गर्छ।

    कुन्डलीमा एक सक्तीसाली र सहीस्थानको मंगल यस कुराको प्रतिक हो की व्यक्तिमा जिवनहरुको कठिनाइहरु र सत्रुहरुसंग सामना गर्ने असिम इच्छा सक्ती र साहास निखरता र उधमलाइ सुरु गर्ने प्रवलता  दिन्छ। शुभ मंगलले आफ्नो सरिरमा नियन्त्रण आक्रामकता 

    र अध्यात्मक योध्दाको गुण दिन्छ किनभने मंगल धर्मको रक्षकको रपमा पनि चिनिन्छ। 

    मंगल विशेष गरेर पुरुषको प्रजनन प्रणाली  र शुकार्णु उत्पादन संग संमवन्धित हुन्छ,

    वयस्क जिवनमा पुरुसहरुको यौन विसेषताहरुको विकासमा पनि मंगलको प्रभाव पर्छ।

    स्त्री जातक र मंगल

    मंगल ग्रह एक पुरुस ग्रह हो यो ग्रह ले कुनै पनी जातको जिवनमा पराक्रम  साहास विरता अनुशासन लाइ प्रभावित पार्छ ,

    स्त्रि जातकको मुख्य लक्षण  उसको कोमलता नाजुकता लज्जालु स्वभाव साहासको कमि हुन्छ,जुन स्त्रि को जन्म कुन्डलीमा मंगल शुभ र मजवुत स्थितीमा हुन्छ त्यो प्रवल राजयोग हुन्छ।शुभ मंगल ले स्त्रि लाइ अनुसासित न्यायप्रिय र समाजमा प्रिय र सम्मानित वनाउछ।

    स्त्रि जातकको लागी मंगल काम भावनाको प्रतिक पनी हो मंगलको पौरुष उर्जा मात्रै पुरुस सम्म सिमीत हुदैन पुराना परम्परामा देवता र राजाहरु मात्रै हैन देविहरु रानीहरु पनी योध्दा भएका  छन ।

    मंगल

    पु्र्ण कौ्ध मंगलको सिध्दान्त हुन्छ कहिल्यै पनी आफ्नो लक्षलाइ वच्ने अवसर नदिनु चाहे आफ्नो लक्ष आफु खुदनै किन नहोस जव मंगल आफ्नो सत्रु को प्रति निर्णय लिन्छ तव त्यो सत्रु पुरै नस्ट हुनै पर्छ,मंगल ले आफ्नो कार्य लाइ विचमै छोडदैन र यसमा दया र करुणाको भाव को कमी पाइन्छ।मंगल प्रधान व्याक्ती विशेस गरेर प्रहरी , गुप्तचर विभाग , आर्मी मा जागिर खाएका हुन्छन  त्यस्तै गरि फ़ौजदारी , लडाइ झगडा , स्त्रि मोह खराव मँगलले आकर्षित गर्छ ।

    मंगल अमंगल भए पछी के गर्ने अशुभ मंगल लाइ कसरी शुभमा परिणत गर्ने

    थुप्रै उपायहरु हुन सक्छन,मंगल रक्त संग संमवन्धित छ ,रक्त यसबाट प्रभावित हुन्छ,

    रक्त दान जिवन दान,मंगलको अशुभता हटाउन

    र शुभतामा वृध्दी गर्न रगत दान गर्नुस सवैभन्दा राम्रो उपाया हो ,सिघ्र फलदायी हो ,चमत्कारी उपाय हो ,मंगल ग्रह वुधको घरमा वसेको छ भने कुनै पनी नपुसंक राशीमा मंगल ग्रह छभने मंगलबारको दिन नग्न भएर स्नान गर्ने र नग्न अवस्थामै मुगा अनामिका औलामा धारण गर्ने,यदी मुगा धारण गर्नै पर्ने अवस्था कुन्डलीमा छ भने मात्रै।

    मंगल र मुगा

    मुगा धारण सु्र्योद़य हुनु भन्दा १ घन्टा अगाडी अनामिका औलामा धरण गर्नु

    मुगाको चिकित्सा गुण

    मुगाको भस्म सेवन गर्दा साररिकवलमा वृध्दी हुन्छ,उदर रोगमा पनी यस्को सेवन गर्न सकिन्छ

    मिर्गी र हृदय रोगमा यस्को भस्म सेवन लाभदायक हुन्छ

    मंगलको होरा

    मंगलको होरामा जमिन सम्पती भुमी भवन कृसिसंग सन्वन्धित विसय साहसिक उपकर्म लडाइ खेल साररिक व्यायाम आदी मंगलको होरामा गर्नु राम्रो मानिन्छ ।

    मंगलको शुभ असुभ प्रभाव मानव जिवनमा असर पर्छ यस्को सुभ प्रभाव मा जातकको प्रगति साहास र उधोगतिर अग्रसर हुन्छ असुभ प्रभावमा साररिक कस्ट रोग तथा मानसिक त्रास कफ पित्तको प्रकोप पक्षघात पाइन्छ 

    उपाय द्वारा मुक्ती

    पित्त कफ को लागी

    ऊँ क्रां क्रिं क्रौं स: भौमाय नम:

    लिभर को लागी

    धनिष्ठा नक्षत्र मा मंगलवार

    ऊँ अं अंगारका़य नम:

    अजिर्णको लागी

    ऊँ भौं भौंमाय नम: 

    (जन्मकुन्डली विसयमा राय सुझाव मार्ग निर्देशन  र अनिष्ट ग्रहको समनको लागी परामर्श सेवा उपलव्ध छ सम्पर्क ९८४२०२३४३५)

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…