• काठमाडौं  । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ राम्रो लयमा देखिएको सिएमजी संकटा क्लबले दश खेलाडीमा सिमित भएर पनि लगातार दोस्रो जित हात पारेको छ ।

    सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न दोस्रो चरणको आफ्नो दोस्रो खेलमा संकटाले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध २ गोलको झिनो अन्तरले हरायो । संकटाको जितमा दोस्रो हाफको ५८ औं मिनटमा सेडरिक आवाले पहिलो गोल गरे भने खेलको अन्तिमतिर ८६ औं मिनटमा आवाले नै दोस्रो गोल गर्दै संकटाको उत्कृष्ट जित पक्का गरे ।

    यद्यपि खेलको शुरुवात मै संकटा दश खेलाडीमा सिमित हुन पुगेको थियो । पहिलो हाफतर्फ १८ औं मिनटमा संकटाका म्याक्सवेलले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि संकटा शुरुवातबाटै दश खेलाडीमा सिमित भएको थियो । जारी लिगमा यो पहिलो रातो कार्ड समेत थियो ।

    उता जावलाखेल भने एकपटक फेरि निराश बनेको छ । आफ्नो पहिलो खेलमा पुलिससँग १–० को हार बेहोरेको जावलाखेलले त्यसलाई दोस्रो चरणमा पनि आत्मसात गर्न बाध्य भयो ।

    सोमबारको खेलको म्यान अफ द म्याच पनि संकटाका लागि निर्णायक भूमिका खेलेका सेडरिक आवा घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…