• गुल्मी, १३ कात्तिक  । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

    आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।

    दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो ।

    दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो ।

    घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रएकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

     

    जिप दुर्घटनामा चारजनाको मृत्यु


    गाईघाट। उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ ।

    जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

    प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उहाँले जानकारी दिनुभयो । रासस

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…