• काठमाडौँ, ४ मङ्सिर । सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ ।

    सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुनेछ ।

    यस्तै तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

    तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…