• राजु निरौला

    झापा। झापा गौरिगन्ज गाउपालिका १ माहाभारा कुन्जिबारीमा रहेको श्री बालकल्याण मा बि का शिक्षकहरुले गौरादह ०९ बैगुन्धुरा निवासी मृगौला बिरामी बोधराज खनाललाइ आज एक कार्यक्रम बिच नगद रु बीस हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ। बिधालयका प्रधानाध्यापक भिम प्रसाद कोइराला ,शिक्षक अच्युत नेपाल, हरि प्रसाद तिम्सिना ,रोहित गौतम लगायत ले बिरामीको घरमै गएर बिरामिका बुबा भिम प्रसाद खनाल , बिरामी बोधराज खनाललाइ उक्त रकम हस्तान्तरण गरिएको हो। उक्त रकम बालकल्याण मा बि का शिक्षक कर्माचारी र भुतपुर्ब शिक्षकहरु मिलेर बिरामीलाइ सहयोग गरिएको बताइएको छ।

    मृगैला बिरामी खनाल केही महिना देखि दुबै मृगौला खराब रहि उपचाररत रहेका छ्न उनको मृगौला फेर्नु पर्ने भएकोले धेरै खर्चको आवश्यकता परेको छ सामाजिक सन्जाल लगायत देश बिदेशमा रहने नेपालीहरुले उहाँको उपचारमा सहयोग रकम जुटदै आइरहेको छ अझै उहाँको उपचारका निम्ति धेरै रकमको आवश्यकता रहेको जानकारी शिक्षक भरत गौतमले दिनुभएको छ।।केही दिन अघि सामाजिक सन्जाल चिनारी दर्शन मार्फत पनि उहाँको उपचारका निम्ति सहयोगी हातहरु मार्फत सहयोग गरिएको थियो।।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…