इटहरी । सुनसरीको दुहबीमा इटा उघोगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ । दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी मर्निङ वाकमा रहेका उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो ।
उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको छ । उनलाई आज बिहान ६.३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो ।
गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।