• काठमाडौं  । नेपालमा दमकल सेवा विस १९९४ साल भाद्र ३ गते बाट संचालनमा आएको हो । सेवा संचालनको झण्डै ८ दशक वितिसक्दा पनि दक्ष जनशक्तीको अभाव, राज्यको स्पष्ट निती, आवश्यक दरबन्दीको अभाव, प्राविधिक कठिनाई लगायतका कारण दमकल सेवा भने प्रभावकारी हुन सकेको छैन ।

    वारुण यन्त्रको स्थापना सँगै राज्यले यसलाई खर्चालु अड्डाका रुपमा मात्र लिएर सेवा विस्तारमा चासो नदेखाउदा दमकल सेवा ओझेलमा परेको काठमाण्डौँ नगरपालिका, जुद्ध वारुणयन्त्रका प्रमुख बद्रिमान नगरकोटीको बुझाई छ । राज्यले नागरिकलाई दिनुपर्ने अनिवार्य सेवा मध्ये अग्नी नियन्त्रण तथा उद्धार सेवा पनि प्रमुख भएको कारण यस क्षेत्रको विकास र पहुँच विस्तारमा विशेष ध्यान हुनुपर्ने उनले बताए ।
    उपत्यकाको जुद्ध वारुण यन्त्रमा अहिले सम्म पनि जम्मा ५ वटा मात्र दमकल छ । जसमा पनि अहिले ४ वटा मात्र चालु अवस्थामा छ । साँघुरा गल्ली र सानो ठाउँका लागि रेस्क्यु यन्त्रका रुपमा एउटा मिनी दमकल छ। काठमाण्डौँ, भक्तपुर, र ललितपुर गरी ३ फायर स्टेसन छन् । तर भएको साधन स्रोतको पनि राम्रो परिचालन हुन सकेको छैन । यो सम्बेदनशील यन्त्र भएकाले यसलाई संचालन गर्ने दक्ष जनशक्ती नभएकोे जुद्ध वारुण यन्त्रका प्रमुख नगरकोटी बताउछन् ।

    काठमाडौं उपत्यमा कुनै पनि आगलागीमा समयमा दमकल पुग्न नसकेको गुनासो बारम्बार आउने गर्छ । साँघुरो बाटो र ट्राफिक जामको समस्याले पनि धेरै दमकद तयारी अवस्थामा रहेर पनि समयमा पुग्न कठिन हुने गरेको छ । जसको कारण दमकल सेवालाई प्रभावकारी बनाउन बानेश्वरको ट्रलिको कार्यालय, चक्रपथको शखकबार र सीतापाइलामा मोवायल टोली राखी विहान ८ देखी बेलुकी ८ बजे सम्म तयारी अवस्थामा राख्न आवश्य रहेको नगरकोटी बताउछन् ।

    कार्यालयका अनुसार काठमाडौं उपत्यकामा बार्षिक रुपमा ३ सय ५० देखी ४ सयको हाराहारीमा विभिन्न प्रकारका आगलागी हुने गरेको छ । मुख्य रुपमा तिहारको समयमा इलक्ट्रीक बत्ती सट र गर्मी मौसममा ग्यासलीकबाट धेरै जसो आगलागी हुने गरेको पाइन्छ। यो घटनालाई कमि गर्न भन्दै जुद्ध वारुणयन्त्रले समय समयमा विद्यार्थी, गृहणी लगायत सर्वसाधारणलाई विभिन्न प्रशिक्षण र जनचेतना कार्यक्रम पनि गर्ने गरेको छ। तर त्यो कार्यक्रम पनि खास प्रभावकारी बन्न सकेको छैन । उपत्यकाको जुद्ध वारुणयन्त्रमा महानगरका तर्फबाट १२, शसस्त्र प्रहरी बाट १२ र गृहमन्त्रालय अन्र्तगत ११ गरी जम्मा ३५ जना मात्र कर्मचारी रहेका छन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…