१४ कार्तिक,२०७४(मंगलबार)By:Ratokalam
देश र जनताको हितका निमित्त हाम्रो राज्य जबसम्म गम्भीर हुदैन तबसम्म हाम्रा सपनाहरु बेवास्तामा सुस्ताइरहने छन।हाम्रा अभिलाषाहरुलाई उपयोग गरेर अवसरवादले आफ्नो निजि उज्यालोमा पुस्तैनी रमाइलो साधिरहने छ। बर्तमान नेपालको राजनिती चुनावमय भएको बेला राजनितिले पालेका मानिसहरु झोला र झन्डा बोकेर हिड्न अभ्यस्त छन भने बिहान खाए बेलुका के खाउं भन्ने अवस्थाका मानिसहरु राजधानी आउने र कोरियन,जापानी,स्पेनी ,फ्रेन्च र अङ्ग्रेजी भाषा सिक्नेहरुको ओहिरो पनि दिनानुदिन बढ्दो छ।
त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा सुट्केस घिच्याउदै परनिर्भरताको जहाज चढ्नेहरुको तांती देख्दा हाम्रो मन भक्कानिदा हाम्रो सत्ता रेमिटेन्सको हिसाब गर्न अभ्यस्त छ। हामी सग हिमाल,पहाड,तराइको मात्रै विविधता छैन ,हामिसग संसार लोभ्याउने प्रकृतिहरु छन तर ती प्रकृतिहरु संसारको सामुन्ने रोइरहदा हाम्रो सिंहदरबार गम्भीर हुन नसक्नु आश्चर्यजनक लाग्छ। हाम्रो मुलुकको राजनितिक ठेकेदारहरुको मनोमानीले जनतालाई समृद्धिको फल देखाएर रस आफै चुसेर जनतालाई छोक्रा मात्रै दिएर डसिरहेको छ ।
जसले देश र जनताको बारे चिन्ता गर्दछ उक्त शक्तिको नेपालमा शक्ति सम्पन्नता नहुनु नै बिपन्न पासपोर्टको पलायन हो। हाम्रा सास्कृतिक,धार्म िक,प्राकृतिक सम्पदा भएका स्थानहरुलाई पर्यटनमा स्थापित गर्ने हो भने परनिर्भर युवाहरु आत्मनिर्भरताको सपना साकार पार्न स्वदेश आवागमनको क्रम बढ्ने थियो तर यहाँनेर जनताको भावनाले स्थान पाएको छैन,सहिदको मर्मको सम्मान हुन पाएको छैन,उपलब्ध उपलब्धिलाई भन्दा पनि सत्ता लिप्सामा राजनिती नामको सांडे अभ्यस्त हुनुले हरियो पासपोर्टको बेचनिखन गर्दै रेमिटेन्सको रमाइलोमा आफ्नो सात पुस्ते निजि समृद्धिको मात्रै रमाइलो देखाइरहनेहरुको बोलवाला बढ्नु के नै आश्चर्य होला र? ग्रामीण भेगका जमीनहरु बाझिने क्रम बढ्दो छ भने युवाहरुको शुन्यताले हाम्रा उब्जनियोग्य जमीनहरु जिर्ण मुहार लगाएर बनमाराहरु बढाइरहेका छन। हामी कोरियन भाषा सिक्न सक्छौं,जापानी भाषा सिक्न सक्छौं,चिनियाँ या स्पेनी वा अङ्रेजी भाषा सिकेर हामी हाम्रै देशमा रहि सम्बन्धित देशका पर्यटकका विशेष सहयोगी बन्न सक्छौं,हाम्रा व्यावसायहरु चलाउन सक्छौं। तर यहाँनेर कहाँ गएर हाम्रा क्षेमताहरु प्रदर्शन गर्ने ?स्थान अभावका कारण लाखौं युवाहरुले परचक्रीको मुलुकलाई आफ्नो कर्मक्षत्र बनाउन विवश भैरहदा हाम्रो राज्य किन गम्भीर भएर सोच्न सकेन भन्दै देश विदेशमा रहेका युवाहरु आवाज उठाइरहेका छन।
तर सुनिदिने निकाय बहिरो छ,हेरिदिने निकायका आखाहरुको दृस्टी गुम्दो छ र त हाम्रा आवाजहरु,हाम्रा चित्कारहरु अनायास सुस्ताइरहेका छन।यस्तै हर्कत बढ्दै गयो भने हामी पूजिवादी सत्ताको सिकार हुन बाध्य हुनुपर्ने दिन खासै टाढा छैन। युवा उर्जा बिना मुलुकका उल्लेखनिय प्रधानताहरु क्रमश: विस्थापित हुन थाल्नेछन। हामिसग धार्मिक,सास्कृत िक,प्राकृतिक सम्पदाहरुका लाखौ विविधताहरु छन,हाम्रा सम्प्रदायहरु छन,हाम्रो हिमाल छ ,हाम्रो आफ्नै गौरव गाथाहरु छन ।
ती सबै कुराहरुलाई एकीकरण गरेर नेपालका उत्कृष्ट स्थानहरुलाई पर्यटनमा स्थापित गर्नु पर्यो।राम्रा दृश्यहरु देखिने स्थानका टापुहरुमा टावरहरु बनाउदै विश्व पर्यटनमा नेपालका सम्भावित स्थानहरुलाई उजागर गर्नुपर्यो।अनि जापान,कोरियामा काम गर्नेहरु नेपालमा नै जापानी र कोरियन रेष्टुरेन्टहरु चलाउन आइपुग्ने छन ,उनिहरु गाइडिङ गर्न सक्छन झन्डै ५००० ट्रेकिङ गाइडहरु रहेको देश नेपालमा पचास लाख युवा पर्यटन भित्र स्थापित हुन सक्छन। हाम्रा झरना,ताल तलैया,खोलानाला,भ्यु पोइन्टहरुलाई नक्सामा हाइलाइट गरेर पर्यटनको गन्तव्य बनाउन सके हामिले सिकेका भाषाहरुको प्रयोग गर्न कोरिया,जापान र अमेरिका भासिनुपर्ने थिएन।राज्यले युवाहरुको पलायनमा रोक लगाउन सके हामी आत्मनिर्भरताका रोपाईहरु गर्ने थियौं,हाम्रै भुमिमा समृद्दिको पुष्प फुलेका देख्न पाउने थियौं।तर यहाँनेर कुर्सिमा अभ्यस्त राजनितिले युवा पलायन बारे चिन्तित हुन सकेन ,प्रविधी भएर पनि उपयोग र विकास गर्न जानेन।
यी र यस्तै विडम्बनाले हाम्रा सपनाहरु परनिर्भरताका ज्वलाहरुमा जलिरहनु,राजनितिले सत्ता लिप्साको लागि मात्रै मरिहत्ते गरेर लाग्नुले बर्गबिहिन समाजको परिकल्पना सम्भव होला त? गरिब र न्यून परिवारका सदस्यहरुलाई लोकतान्त्रिक उज्यालोले स्पर्श नगर्नु,राष्ट्रको दलालहरु दिनानुदिन मोटाउनुले नेपाली जनतालाई कुपोषण बाहेक केही दिएन।जुन अत्यन्तै दु:खद छ। नेता र राजनिती जबजब मोटाउछ देशका सम्भावनाहरु तुहिन थाल्छन,जुन देशमा युवा उर्जाको सम्मान हुदैन त्यो देशको सत्ताको मालिक सम्पन्न र जनता विपन्न हुन्छन,त्यही विपन्नताको शिकारले पूजिवादी सत्ताको निरीह प्रहार सहन गरिरहन बाध्य हुनुपर्छ,बर्गबिहिन समाजको परिकल्पना बिज्ञापन मात्रै हुने कुरालाई सामान्य सम्झिनु हामी र हाम्रै कमजोरी हुनेछ। विश्व भरी छरिएर रहेका नेपाली युवाहरु अब स्वदेश फर्किनुहोस र नेपालको सत्तामा बढ्दो दलालीकरण विरुद्द एक भै अब अर्को लडाइ लडौ, त्यसपछी मात्रै यो बहिरो सत्ताले युवाको महत्व बारे ख्याल गर्न थाल्नेछ।
हामी राजनितिक दलालको घट्ट हाम्रो टाउको माथी कतिन्जेलसम्म घुम्न दिने ?यो प्रश्नले भविष्यमा कस्तो समयको उत्पत्ति गराउने हो हामी युवामाझ बडो चिन्ताको विषय बनेको छ। देशलाई गरिब र जनतालाई कंगाल बनाउने रेमिटेन्स प्रेमी दलालहरुको अन्त्य नगरेसम्म यो मुलुकले आत्मनिर्भर बगैँचा र श्रमको राजमार्ग बनाउने छैन।हाम्रा समर्थन र हसहजुरीले झुटहरुको बोलवाला बढदो र निरीह जनताका आवाजहरु ओझेल पारिनु यो मुलुक र देशवासीहरुका लागि सहिद अपमान हो भनेर विश्लेषण गर्न हामी चुक्नुहुन्न।दलालको हसहजुरी गरेर राज्यको ढुकुटी दोहन गर्न रोक लगाउनलाई पनि हाम्रा पलायनहरु बन्द गरिनुपर्छ।हामिले सिकेका सीप र कलाहरुको खेती हाम्रै मुलुकमा उपयोग गर्न नपाउन्जेल परिवर्तनको आकाशमा नया सौर्यको उदय हुने छैन,यसर्थ:पनि युवा बर्गले नया खाले क्रान्तिको लागि अपिल गर्न पछि हट्नु हुन्न।
परनिर्भरताको ज्वालामा हजारौं युवाहरु जलिरहदा रेमिटेन्सका महलहरु गगनचुम्बी ठडिरहदा जनताको ढाडमा दाल दल्नेहरुको शक्ति सम्पन्नता बढि रहदा यसलाई विडम्बना हो भन्नू अतिशयोक्ती नहोला। देश र जनतालाई ढाट्दै आफ्नो दुनो सोझ्याउने राष्ट्रका दलालहरुको शासन जिवित रहुन्जेल नेपाली जनताका आशाहरु बाच्न पाउने छैनन। सुशासनका नाममा कुशासनको राज चली नै रहनेछ र कालान्तरमा पूजिवादी शक्ति र न्यून अवस्थाका मध्यम बर्गको बिच अर्को नया बर्ग संघर्ष चल्ने कुरालाई ख्याल् ख्याल् सम्झिनु लुट्तन्त्रको आयु लम्ब्याउनु हो ।अब हामी सबै युवा एक हौं र आत्मनिर्भर नेपाल बनाउन नेपाल सरकारको सत्तामा जुका झै टास्सिएका रक्तपिपासुहरु बिरुद्द नवीन युद्दको थालनी गरौ।
आम नेपाली युवा दाजुभाइ दिदिबहिनिहरु,अब हामी एक भै नौलो बिहानीको प्रारम्भका लागि नलडे हाम्रा आगामी पुस्ताहरुको पनि लास काठको बाक्सामा प्याक भै स्वदेशको आर्यघाटमा जलिरहन विवश हुनुपर्नेछ।युवा उर्जा भनेको जुन सुकै देशका गहना हुन तर यहाँनेर युवाको उपेक्षा बढ्दो छ ,नागरिकमाथी दलालिकरण हावी भएको प्रती अहिले पनि हामिले नसोचे भोलीका मितिहरु यिनै पलायनका पिडाहरुमा गुज्रि रहनेछन।युवाको सम्मान गर ,पलायन बन्द गर भनेर हामी र हाम्रा युवा विच एक मत नभए सम्म गाउँ रित्तिदै खाडी भरिने क्रम बढी नै रहने छ। अन्तमा,हामी आम युवाहरु बेलैमा सचेत बनौं र मनोमानी राज्यलाई धावा बोल्न अब पछि नहटौं भन्दै यी हरफहरु अहिलेलाई यहि बिट मार्दछु ।धन्यवाद ।
लेखक भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं