उर्लाबारी, ७ मंसिर
नेपाल दलित संघ उर्लाबारी नगर समितिको सभापतिमा दीपक गहतराज चयन हुनुभएको छ । शुक्रबार सम्पन्न दलित संघको नगर भेलाले उर्लाबारी–४ का गहतराजको नेतृत्वमा १४ सदस्यीय नगर समिति सर्वसम्मत् चयन गरेको हो ।
नव गठित समितिको सचिवमा मणिराज गजमेर र कोषाध्यक्षमा कोपिला वर्देवा रहनुभएको छ । यस्तै, सदस्यहरुमा टंक विश्वकर्मा, मीना विश्वकर्मा, दिवस गहतराज, सीता विश्वकर्मा, गोविन्द विश्वकर्मा, रमिला विश्वकर्मा, सरिता महरा, रामकुमारी विश्वकर्मा, रामकुमारी दर्जी र मैना विश्वकर्मा रहनुभएको छ ।