उर्लाबारी । छोटो समयमा उर्लाबारीमा निकै ख्याति कमाउन सफल ग्लोबल युवा क्लव आईतबारेले उर्लाबारीको मुख्य राजमार्गमा रहेको खाल्डा खुल्डी पुरेको छ । मंगलवार क्लवका पदाधिकारीहरुले गोदवारी हस्पिटल अगाडी रहेको पश्चिम बस स्टेन देखी आईतबारे चोक सम्मको सडकका खाल्डा खुल्डी पुरेको क्लबका सचिब नेत्रप्रसाद आपागाईले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष प्रेमबहादुर याख्खा लिम्बू सहित सो कार्यमा समाजसेवी सर्वजित भण्डारी,उपाध्यक्ष जितेन्द्र गहतराज,सदस्य सन्जय भण्डारी,सदस्यहरु ताराबहादुर कार्की,सुजता थापा,अस्मिता ढकाल र दिपा न्यौपाने,जिवन बचाउ गृहका पूर्व अध्यक्ष रबिन्द्र दहाल लगायतको श्रमदान रहेको थियो । क्लवको कोषबाट बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथबाट खाल्डा खुल्डी पुरिएको सचिब आपागाईले बताउनुभयो ।
ग्लोबल युवा क्लवले यसअघि उर्लाबारीमा नेपाल आईडलको टिम ल्याएर साँगीतिक कार्यक्रम पनि गरिसकेको छ ।