• उर्लाबारी÷लिम्बु समुदायको महान चाड ‘चासोक तङनाम’ मोरङको उर्लाबारी–९ स्थित आमबारीमा मनाउन तयारी सुरु गरिएको छ ।



    किरात याक्थुङ चुम्लुङ नगर शाखा अध्यक्ष रूपेन्द्र शेर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले आमबारीको खेल मैदानमा भब्यरुपमा ‘चासोक तङनाम’ मनाउने निर्णय गरेको हो । चासोक तङनाम आगामी मंसीर १७, १८ र १९ गते मनाउने निर्णय गरिएको चुम्लुङले जनाएको छ ।



    चासोक तङनाम सफल पार्न नगर उपाध्यक्ष जीवन पोमुको संयोजकत्वमा ‘चासोक तङनाम’ व्यवस्थापन समिति, नगर सहसचिव अमर सेलिङको संयोजकत्वमा संस्कृति तथा खेलकुद व्यवस्थापन समिति, नगर सदस्य विजय आङवुहाङको संयोजकत्वमा मञ्च तथा स्टल व्यवस्थापन समिति र सल्लाहकार डिल्ली पोमुको संयोजकत्वमा ‘चासोक तङनाम’ अनुगमन तथा मुल्याकंन समिति गठन गरिएको छ ।



    तङनामको अवसरमा बिभिन्न जातजातिको झाँकी तथा मौलिक नृत्य प्रदर्शन गरिनुका साथै छेलो, म्युजिकल चेयर, हाई जम्प र लङजम्प प्रतियोगिता समेत आयोजना गरिने तङनाम व्यवस्थापन समितिका अध्यक्ष पोमुले जानकारी दिए ।



     



    के हो चासोक तङ्नाम ?

    लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले आप्mनै शैलीमा सामूहिक रुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन् । रिसराग, इष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङवा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् । चेलीबेटी हुक्वा (आफैले बनाएको शोभित) र अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् । युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्ने गर्छन् । सामूहिक रुपमा केलाङ (च्याब्रङ) बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाँच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् ।
    यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सद्धभाव, एकता र पारस्परिक सहयोगको भावना पनि विकास गरेको छ । पुरानो पुस्ताका लिम्बूले आप्mनो संस्कार संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ । चासोक तङ्नाममा आयोजना हुने कार्यक्रममा गैह्रलिम्बू समुदायका मानिसहरुको पनि बाक्लो उपस्थिती रहदै आएको छ । जसले गर्दा जातिय सद्भावको विकास गराएको जानकारहरु बताउछन् । यसपर्वमा लिम्बू जातिका मानिसहरुले शुभकामना साटासाट गर्दै उत्सवका रुपमा मनाउने चलन रहेको छ यसपर्वले भाइचारा,आपसि सद्भाव बढाउने लिम्बूहरु बताउछन् ।

     



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…