उर्लाबारी:फुटबलका पूर्व राष्ट्रिय खेलाडी सञ्जिब बुढाथोकी जिल्ला खेलकुद समिति मोरङको सदस्यमा मनोनित भएका छन् । उर्लाबारी–२ का निवासी बुढाथोकी सदस्यमा मनोनितसँगै पदभार ग्रहण पनि गरिसकेका छन् । नेपालका चर्चिच क्लबबाट फुटबल खेलिसकेका बुढाथोकीले खेलकुद क्षेत्रको विकासमा आफू लागि पर्ने बताएका छन् । ‘म पनि खेलाडी भएको कारण खेलाडीको मर्म र भावनालाई बुझेर खेल क्षेत्रको विकासमा पहलकमी गर्नेछु’ उनले भने । मोरङ खेल क्षेत्रको उर्वरुभूमि भएपनि राज्यको उदाशिनताका कारण खेलाडीहरु पलायन हुने क्रम बढेको र त्यसप्रति सबै सचेत हुनु पर्नेमा उनको जोड छ । मंगलबारे युवा समाजको अध्यक्ष, न्यानो अभियान नेपालको बरिष्ठ उपाध्यक्षलगायत विभिन्न संस्थामा आबद्ध भई सामाजिक कार्यसमेत गर्दै आएका बुढाथोकीले निकछ भबिष्यमा मंगलबारे फुटबल एकामेडी सञ्चालन गर्ने लक्ष्य लिएका छन् ।