उर्लावारी/सामुदायिक विकास मञ्च उर्लाबारीले अाफ्नाे २१ अौ वार्षिक साधारणसभाकाे अवसर पारेर ८० वर्षमाथिका २५ जना जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ । जेष्ठ नागरिकहरूलाई दाेसल्ला अाेढाएर सम्मान गरिएकाे हाे ।
वार्षिकाेत्सवकै अवसर पारेर सस्थाले अाफ्नाे गित विमोचन समेत गरेकाे छ । गितका रचनाकार र गायिका दुवैलाई सम्मान गरिएकाे संस्थाका काेषाध्यक्ष प्रभु राईले जानकारी दिए ।
यस्तै ८ जना पूर्व अध्यक्षहरूलाई सम्मान गरिएकाे छ ।
सस्थाका अध्यक्ष श्री ढुण्डुराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको साे कार्यक्रममा सचिव प्रेम बहादुर बोहराले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधरणसभाले संस्थाकाे विधान संसोधन,भावी कार्य योजना र प्रस्तुत र दुई महिनाका लागि अाजिवन सदस्य खुला गर्ने निर्णय गरेकाे छ ।

काेषाध्यक्ष प्रभु राईले प्रस्तुत गरेकाे अार्थिक प्रतिवेदनमा ८ लाख ५२हजार ९ सय ३८ अाय,७ लाख ८९ हजार ६ सय ८६रूपैयाँ व्यय र संस्थाकाे मौजादमा ६३ हजार २ सय ५१ रहेकाे उल्लेख छ ।
देउसी भैलोबाट १ लाख ३ हजार ५ सय ९८ अाय र व्ययतर्फ १० हजार ८० र कुल बचत-१ लाख २ हजार ५ सय १८ भएकाे छ ।



