• मंसिर १०, काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आइतबार बिहान आगलागी हुँदा ४४ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ४ घरमा आंशिक रुपमा क्षति पुगेको छ ।

    आइतबार बिहान ३ बजे बस्तीमा लागेको आगो बिहान ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी जवान तथा सूचना अधिकारी उत्तम मल्लले जानकारी दिनुभयो । चिसोका कारणले सो क्षेत्रका स्थानीय गाईबस्तुसहित घुम्ती बसाइँका लागि ढोरपाटन नगरपालिकाका तल्लो भेगमा बसाइँ सरेको हुनाले आर्थिक र भौतिक संरचनामा क्षति भए पनि मानवीय र पशुजन्य क्षति भने नभएको प्रहरीले बताएको छ । आगो लाग्नुको कारण खुल्न नसकेको मल्लले बताउनुभयो ।

    ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हुनमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिएको थियो । शिकार आरक्षमा रहेको हुनमान ध्वज गुल्मका गुल्मपति सेनानी रविराम खड्काले सो बस्तीमा आगो लागेको खबर पाउनासाथ १ सय २ जना सेनाको टोलीसहित पुगेको र ढोरपाटन शिकार आरक्षका कर्मचारीको सहयोग लिएर आगो नियन्त्रणमा लिएको बताउनुभयो । ।

    ‘ढोरपाटनमा चिसोका कारण मानिसहरु बेसी झरेपछि कोही छैनन्’, स्थानीय इन्द्र शाहीले भन्नुभयो– ‘स्थानीयलाई घरमा आगो लागेको खबर गरेपछि उनीहरु आइपुगेका छन्,। नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगोको चपेटामा परे पनि आगोलाई जंगलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताउनुभयो ।
    आगलागीपछि उजाड बनेको नवी गाउँको बस्तीलाई पुनः बसाल्नका लागि तत्काल ढोरपाटन नगरपालिकाले प्रति परिवार १ लाख रुपियाँ आर्थिक सहयोग गर्ने मेयर देवकुमार नेपालीले बताउनुभयो । नेपालीले प्रत्येक परिवारलाई आफ्नो व्यक्तिगत खर्चबाट सबै घरका छानाहरु टिनले छाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…