• उर्लाबारी/ उर्लाबारी–७ का अग्निपीडित व्यवसायी भक्तिराम अधिकारीलाई आर्थिक सहयोग गर्ने क्रम जारी छ ।

    हालसम्म ४ लाख ४३ हजार १ सय ८२ रुपैँया राहतबापत पीडित परिवारलाई प्रदान गरिसकेको छ । गत मङ्गलबार अधिकारीको पसलसहित घर जलेर नष्ट भएको थियो ।

    आगजनीबाट पूर्ण विस्तापित भएका परिवारजनको लागि उर्लाबारी उद्योग वाणिज्य सङ्घले कोषबाट ३० हजार दिने निर्णय गरेको छ भने सङ्घको अगुवाइमा राहत सङ्कलन समिति गठन गरी बजारमा सहयोग सङ्कलन गरिरहेको अध्यक्ष प्रितम खड्गीले बताए ।

    अधिकारीलाई यस क्षेत्रका प्रदेश सभासद् कुशल साम्बा लिम्बूले १० हजार, नेपाली काङ्ग्रेसको जिल्ला, क्षेत्र तथा नगरसमितिले ३३ हजार, उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लि.ले ७२ हजार, मितेरी बचत तथा ऋण सहकारी संस्था लि. ले १ लाख १० हजार १ सय १० रुपैँया, पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३३ हजार प्राप्त भएको परिवारजनले बताएको छ ।

    यसैगरी काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान उर्लाबारीले ७५ हजार २ सय ४० रुपैँया सहयोग प्रदान गरेको प्रतिष्ठानका सचिव खगेन्द्र अधिकारीले बताए ।

    यसैगरी परिवर्तन उद्यमशील समाज उर्लाबारीले २० हजार, सहकारी सञ्जाल उर्लाबारीले ५४ हजार ८ सय १२ रुपैँया प्रदान गरेको सञ्जालका नगरअध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताएका छन् भने उर्लाबारीका पुराना व्यवसायीको परिवारबाट ३५ हजार प्राप्त भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…