• काठमाडौ,१० मंसिर ।  बार्सिलोनालाई पछि पार्दै सेभिल्ला स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल भालाडोलिडलाई हराएर सेभिल्ला ला लिगाको अंक तालिकामा पहिलो स्थानमा उक्लिएको हो । आइतबार घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्लाले रियल भालाडोलिडलाई १–० ले हराएको छ ।

    खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडरमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। खेलमा पकड जमाए पनि सेभिल्लाले थप गोल गर्न नसक्दा १–० को झिनो जित निस्कियो।

    शनिबार एटलेटिको म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनालाई १–१ को बराबरीमा रोकेपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो। हालसम्म एकपटक मात्र लिग उपाधि जितेको सेभिल्ला डिसेम्बर महिनाको सुरूवातसम्म लिगको शीर्षस्थानमा रहनेछ। सेभिल्लाले सन् १९४५–४६ सिजनमा लिग उपाधि जितेको थियो।

    यो सँगै लिग तालिकामा सेभिल्ला १३ खेलमा २६ अंकसहित शीर्ष स्थानमा उक्लिँयो। दोस्रो स्थानको बार्सिलोनाले २५ अंक जोडेको छ। २४ अंकसहित एटलेटिको म्याड्रिड तेस्रो तथा २३ अंक जोडेको अलाभेस चौथो स्थानमा छन्।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…