१५ कार्तिक,२०७४(बुधबार
मुक्तिको बिगुल इतिहासमा मैले पनि
फुकेको थिएं
क्रान्तिमा बन्दुक मैले पनि बोकेको थिएं
हजारौं योद्धाहरु ढल्दा कति पटक म पनि ढलेको थिएं
देश र जनताको निम्ति लड्दा बैरिको घेरा मैले पनि तोडेको थिएं
तर आज जेलको अध्यारो कोठामा थुनिनु परेको छ ………
म हुँ बालकृष्ण ढुङ्गेल
मैले परिवर्तन ल्याई अपराध गरेको छु
किन थुन्ने मात्रै देउवा सरकार?
हिम्मत भए सुलिमा चढाउ मलाई म हुँ बालकृष्ण ढुंगेल
रोकिन्नन क्रान्तिका यात्राहरु
जल्नेछन परिवर्तनका दिपकहरु
बरु तोडिन्छन घेरिएका साङ्लाहरु
जोडिन्छन टुट र फुटहरु
सिध्याउन धोकेवाज दुश्मनहरु
तोडिन्छन हातका हडकडीहरु
रोकिन्नन हाम्रा आवाजहरु
म हुं बालकृष्ण ढुङ्गेल