• झापा, १० मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।

    महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र बिकृत रुप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठक पछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार
    सम्मेलनमा दिइने खर्चले समाचार नै नहने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।
    विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्च व्यावसायिक पत्रकारिताका लागि घातक मात्र होइन, सिर्जनशील पत्रकारिताका लागि अवरोधक पनि हो भन्ने निश्कर्ष निकालेको छ । महासंघ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, संघ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको छ । विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता २०७३ र नेपाल पत्रकार महासंघ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासंघका सदस्यलाई आव्हान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…