• किराँत धर्म तथा साहित्य उत्थान संघ केन्द्रिय समिति दमक झापाको आयोजना र किराँत साम्यो सुनुगेल थक्सुबा, महागुरु फाल्गुनन्द स्मारक संरक्षण समिति, दमक , महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान दमक, किराँत युमा माङहिम , दमक २ र ५ किराँत साम्यो मिङसो माङहिम, पाँङमी चोक दमक लगायत करीब एक दर्जन संघ संस्थाको संयुक्त सहआयोजनामा कार्तिक २४ र २५ गते विशेष महत्वका साथ महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन तयारी भएको हो । संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले मंगलबार विज्ञप्ती निकालेर कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

    संघको दमक – १ स्थित केन्द्रिय कार्यलयमा पत्रकारहरु माझ विज्ञप्ती सार्वजनिक गर्दै थेगिमले जन्मजयन्तीका अवसरमा कार्तिक २४ गते दमकस्थित दिपिनी खोलामा गालीश्राप बगाउने र येत लाधुङसेमी सेवा ( धार्मिक अनुष्ठान) सञ्चालन गरिने र पाङमी चोकमा अवस्थित किराँत साम्यो मिङसो माङहिममा जन्मजयन्ती समारोहको उद्घाटन दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबाट गर्ने , शुभकामना आदन प्रदान गर्ने , महागुरुको व्यक्तित्वमाथि चर्चा परिचर्चा गर्ने, सेवासाम्लो, झाँकी प्रदर्शन तथा माङहिममा दिपावलीसहित माङलाङ केलाङ गर्ने र नगरपालिकाका सबै जननिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम समेत गरिने जानकारी दिए ।

    सार्वजनिक विदाको माग

    सो अवसरमा महागुरुको जन्मजयन्तीका अवसरमा कातिक २५ गते दमकमा सार्वजनिक विदा दिने दमक नगरपालिकाको निर्णयको प्रशंसा गर्दै सरकारले राष्ट्रिय विभुतीको जन्मजयन्ती भएकाले देशैभर सार्वजनिक विदा दिनुपर्ने अध्यक्ष थेगिमले माग गरे । संघका सचिव संकल्प लिङदेनले राष्ट्रिय विभुतीको सम्मान दिईसके पछि महागुरुको जन्मजयन्तीमा सार्वजनिक विदा दिन हिच्किचाउनु नहुने बताए ।
    २०७२ साल कार्तिक २५ गते पाँचथरको रविमा आयोजित कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक विदाको घोषणा गरेका र मसिंर ३ गतेको मन्त्रीपरिषदको निर्णयले समेत हरेक बर्ष कार्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरे पनि सरकारद्धारा सार्वजनिक गरिएका विदाका दिनहरुको सुचीमा भने किराँत धर्मावलम्बीका लागि मात्रै भनि उल्लेख गरिएको थियो । विज्ञप्तीमा राष्ट्रिय विभुतीको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…