१६ कार्तिक,२०७४
जुनसुकै देशले आफ्नो धर्तीमा सुशासनको निमित्त मागहरु गरिरहेको हुन्छ तर सुशासन गर्छु भन्ने राजनितिले सुशासनको बिज्ञापन मात्रै बिकाइरहेको हुन्छ र सुशासनको नाममा कुशासन चलिरहदा त्यहा नीर बिद्रोहका बन्दुकहरु पड्किन थाल्दछन। साम्यवादी सन्तानहरु जन्मिन थाल्दछन। समग्रमा क्रान्तिको जन्म गराइदिने नै साम्राज्यवदी,अतिवादी र निरङ्कुस्ताका पुराना भोटाहरु हुन,जसको दमनले नया भोटो फेर्ने संघर्ष एक चरणमा सकि सकिएकोले अबको मुलुकको यात्रा समृद्दी तर्फ भन्ने आवाज,समाजवाद तर्फ भन्ने आवाजहरु देशको मुल कानुनमा उल्लेख भएकोले सुशासनको प्रतीक्षामा सारा विश्व भरी छरिएर रहेका नेपाली मनहरु छन। तर हामिले घोर भर्त्सना गरिरहन विबश छौ,श्रध्दान्जली लेखिरहन बाध्य छौं,शोक र समवेदनाका फोटाहरु झुन्ड्याइरहनुपरेको छ,आजको नया भोटो फेरेपछिको नेपालमा ………… अनहकमा ज्यान गुमाउन बाध्यहरुको सन्दर्भमा ! अनि विभिन्न शक्तिहरु असन्तुष्टि पोखिरहेका छन,नौ महिने सत्ताका मतियारहरु ,पुराना पन्चेका मेनेजरहरु हाल विस्तृत शान्ती सम्झौताका हस्ताक्षरित लाइनहरु जलाउदैछन र बालकृष्ण ढुङेलहरु अब क्रमश: जेल जादैछन । म यो देशको निम्ति मर्छु भन्ने मान्छे आज अपराधी र कैदी भएको छ ,म अब लुट्तन्त्र मच्चाउछु भन्नेको सलामी बढ्दो छ ,नेपालको राजनितीको घडी विपरित दिशामा घुमिरहेको बोध भएको छ। सुशासनका नियमहरुले जो कोहीलाई छोड्दैन भने कुशासनका नियमहरुमा प्रतिशोध,दलाली, अशान्ती,पेलानका सिहदरवारहरु बनिरहेका हुन्छन,आखिर यो कहिलेसम्म?? न्यायालयका हत्कडीहरुले अपराधिको मुक्ती र निरपराधिलाई जेलमा कोचिरहेको छ,पहुचवाला कैदी छुटिरहेको छ भने पहुच बिहिन कैदिले आफ्नो जीवनको अन्तिम क्षण अँध्यारो कोठामा गुजारिरहन विवश हाम्रो राज्यको राजनितिले कुशासनका नियमहरु थप्दै सुशासन र शान्ती अनि समृद्दिको हरफहरु मेट्दै गरेको आभाष भैरहदा सुसासन र कुशासनको पुस्तकहरु पढ्न विवश छौं हामी,आखिर यो कहिलेसम्म?? तर यो पढाइ इतिहासको जगमा पढ्नुपर्छ अनि कृष्ण सेनहरु,गोविन्द घलेहरु,च्याङ्ग् वा लामाहरु,निर्मला देवकोटा,डम्बर श्रेष्ठहरु,अनि चतुरमान वाइवा,तिर्थिमाय ा वाइवा,पदमप्रसाद चौलागाईं ,सत्कार सिग्देल,स्वतन्त्र चौलागाईं ,सोमबहादुर थापा,दिलबहादुर रम्तेल,मैना सुनुवार लगायत १७००० महान मान्छेहरुको महान बलिदानीलाई कू गर्ने हर्कतका प्रयासहरुले सुशासनको अपमान गरेको अनुभूति एक पछि अर्को आइरहनुलाई बडो दयनीय राजनीतिक लापरबाही र सहिद बलिदानको अपमान भनेर खन्डन गर्न बाध्य हामी छौं,हामिले भन्नुपर्दछ। जनता जनार्दन हुन ,मत माग्ने बेलामा ललाई फकाई गरिन्छ ,जब सत्तामा पुगिन्छ भनिन्छ जनता भेडा हुन,खासमा जनता भेडा होइनन,जनता नेपाल हुन,दुई ठुला देश बिच चेपिएको नेपाल जस्तो छ, त्यस्तै हुन जनता।सामन्तवाद र अतिवादको बिचमा चेपिएका जनता नेपाल हुन। त्यही चेपुवाको हत्कडीले महान योद्दाहरु खोर पस्नुपर्ने दिन आउनु,हिजोका ती युद्द अपराधिहरु आजको नेपालको सत्ताको मालिक हुनु ,सम्झौताहरु उल्टाइनुले फेरि ती महान बलिदानीहरुको संस्मरण गर्नुपर्ने दिन आउदै छ को पूर्व संकेतले सचेत जनता पनि चेतनशीलताको शिखर चढिरहेका छन।जनता जनार्दन मात्रै होइनन ,नेपाली सत्ताको मालिक भएर देखाइदिनेछन । त्यही जनसत्ता प्राप्तिको लागि बन्दुक हिजो पनि उठाइए र आज पनि त्यही जनसत्ता र सहिद सपनाहरूलाई कू गर्ने धृष्टता गरिन्छ भने टुट्फुट ,असहमति र गुटबन्दीहरुले एकता गर्नेछन र चेतनाको बन्दुकले दुई तिहाइ पुर्याई आज योद्दा र क्रान्तिकारीहरुलाई थुन्ने धोखेवाजहरुलाई अवश्यम्भावी कालान्तरमा जेल हाल्नेछन।किनकी सत्यको आवाजलाई दुनियाँको कुनै ताकतले गलाउन सक्ने छैन। हामी क्रान्तिमा विश्वास राख्छौं,क्रान्तिकै धोखेवाजहरुको पनि मुल्यांकन गर्छौं,अनि हामी जनता नेपाल भाच्चिएको र नेपाल च्यात्तिएको हेर्न चाहदैनौं ,त्यसैकारण हामिले हाम्रा चेतनास्तरको विकास गर्नुछ,सचेतता को बिगुल फुक्दै अबको नेपालमा सुशासनको झन्डा फहर्याउनुछ। निम्न स्तरिय,मध्यम बर्गीय,समानताको ज्योतीले स्पर्श नगरेका,बिभेद र शोषणको ज्वालाले जल्दै गरेका जनताहरुलाई ब्युझाउनुछ ,त्यसपछी जम्बो दलालको राजनिती क्रमशः बिघटन हुन थाल्नेछ। इतिहासमा कयन अप्ठ्याराहरु पार गरेर आएका नेपाली राजनितिक विकासक्रमका मोडहरुमा जनतालाई निरीह प्राणी सरह बनाउने राजनितीक पिपासुहरु नै निरङ्कुसताका जिवित अङ्गहरु हुन। त्यही निरङ्कुसताका अङ्ग ,प्रत्यङ्गहरु अझै मरेका छैनन र त अझै पनि मुलुकलाई अस्तब्यस्त बनाउने हर्कतहरु कहिले बालुवाटार बाट देखा पर्छ त कहिले न्यायालय र सिंहदरबारबाट अनि लोकतान्त्रिक मुलुक नेपाल जहाँ जस्तो पनि चल्छ र भन्ने आक्रोशहरुको प्रश्न थपिनु बिल्कुलै अनर्थ नहोला। देश र जनताको निमित्त जो लडे मुक्तिको खातिर बन्दुक जसले बोके बाधिएका हत्कडीहरु जसले चुडाले र कायर मृत्युको सामुन्ने आत्मासमर्पण जसले गरेनन तिनै वीर,योद्दा र सहिदको सपनालाई जसले जहिलेसम्म कू गर्न थाल्छ त्यही बेलासम्म क्रान्तिका हिमायतीहरुले परिवर्तनको दुश्मनसग अन्तिम हिसाबकिताब गरि नै रहनेछन,जनतामा परिवर्तन र सचेतनाको ज्योती छरिरहनेछन। जति पनि दबाउदा त्यति नै माथी उठ्छ स्प्रीङ भन्ने यथार्थको ख्याल हुदैन अतिवाद सग तर शक्ति सन्चय हुन्छ स्प्रीङ्ग संग र उछिटयाउछ प्रतिगमन एकदिन ।धन्यवाद ।लक्ष्मण चौलागाईं भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं ,नेपाल ।