• फाल्गुनन्द लिङ्देन फिल्मस  प्रा.लि.दारा  निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर  १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । चलचित्रमा जम्मा तीनवटा गीतहरु छन् जस मध्ये बलेसीमा पानी खस्यो र मेरो प्राण–मुटु गीकका गीतकार दिनेश लिङदेन र पहिलो नजर जुधेपछि गीतको गीतकार हरि उप्रेती हुन् ।

    चलचित्रमा विशेष गरि वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाईहरुको यथार्थता, पारिवारिक, सामाजिक ए्रबं प्रेम कथामा आधारित यस चलचित्र शान्तिमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन ( बाल कलाकार ), बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्र कुमार राई, सुमित्रा अधिकारी आदिको अभिनय रहेको छ । त्यस्तै गरि चलचित्रमा संगित बिकास चौधरी, नृत्य जनक कार्की, द्वन्द्ध राजु किराँती, छायांकन ज्ञानु राई, सम्पादन मेग मगरको रहेकोछ । पूर्व मिस लिम्बु निशा पोमु र त्यसै गरि सन्जिब, सुप्रिया तीनै जनाको यो पहिलो चलचित्र हो ।

    प्रस्तुतकर्ता कविता राई लिङ्देन, कार्यकारी निर्माता बसन्त थेबे, निर्मात्री शान्ता बखिम थेबे रहेका छन् । उपत्यका लगायत सिन्धुली, काभ्रे, नुवाकोटका विभिन्न स्थानहरुमा छायांकन गरिएको चलचित्र शान्तिको कथा लेखक– निर्देशक दिनेश लिङ्देनले गरेका हुन ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…