• झापा । म्याग्दी जेसीजको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा मंगलवारदेखि १७ औ अन्तर मा।वि। जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । उद्घाटनज खेलमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–बिजेता बनेको माउण्ट एभरेष्टले बिजयी सुरुवात गरेका छन् ।
    वेष्ट प्वाइन्टले महेन्द्ररत्न मावि बरंजालाई ९÷० को फाकिलो गोल हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै साविक उप–बिजेता माउण्ट एभरेष्टले बुद्ध एकेडेमी बगरफाँटलाई २÷० गोल अन्तरले हराएको थियो ।
    त्यस्तै बेनी सामुदायीक माविले लोकदीप आवासीय माविलाई ३÷१ र केवी एकेडेमी दरबाङले भिम मावि राजदाङलाई २÷० गोल अन्तरले पराजीत गरेको प्रतियोगिताका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका विभिन्न १६ विद्यालयले सहभागीता जनाएका छन् ।
    प्रतियोगिताको बिजेतालले नगद ४० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र तथा उपबिजेतालाई नगद २५ हजार, ट्रफि, मेडल, प्रमाण–पत्र पाउने म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले जानकारी दिनुभयो ।
    अनुशासित टिमलाई ५ हजार ५ सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई १ हजार ५ सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने अध्यक्ष विश्वकर्माले बताउनु भयो ।
    प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नु भएको थियो । यो जेसीज कप १७ बर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जेसीजकप प्रतियोगीताले हो ।
    प्रतियोगिता सञ्चालनको लागि बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उनका परिवारले रु दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोष स्थापना गरि सहयोग गर्दै आएका प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।
    प्रतियोगिता सञ्चालनको लागि बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उनका परिवारले रु दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोष स्थापना गरि सहयोग गर्दै आएका प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…