• बेलबारी : “समाजसेवामा हामी” भन्ने मुल नाराका साथ बेलबारीका ४ वटा सामाजिक संघसंस्थाहरुले सामुहिक देउसी भैलो खेलेर संकलन गरेको १ लाख ५० हजार ७ सय १ रुपैया रकमबाट खरिद गरिएको सामाग्री हस्तान्तरण गरिएको छ ।

    बेलबारी जेसिज,लायन्स क्लब बेलबारी,युवा जागरण नेपाल र पत्रकार समुह बेलबारीले सामुहिक देउसी खेलेर संकलन गरेको सो रकमबाट आईतबार  ज्येष्ठ नागरिक समाज बेलबारीलाई एक थान रेफ्रिजेरेटर (फ्रिज) र नेत्रहीन संघ मोरङलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ ।

    यसअघि सो समुहले देउसी मार्फत संकलन गरेको २० हजार बराबरको सामाग्री बेलबारी १  नक्सालबारीका आगलागीपिडित रामबहादुर मगरलाई प्रदान गरिसकेको छ । सामाग्री खरिद गरी बाँकी रहेको रकम सामाजिक कार्यमा खर्च गरिने कार्यक्रमका संयोजक माधवराज थापाले बताए ।

    सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी,नेकपा एमालेका बेलबारी संयोजक इरान राई,नेपाली काँग्रेसका बेलबारी संयोजक शम्भु भटट्राई,ज्येष्ठ नागरिक समाज बेलबारीका उपाध्यक्ष बम बहादुर बस्नेत,नेत्रहीन संघ मोरङकी उपाध्यक्ष सरिता रसाईली लगायतले बेलबारीका संस्थाहरुले गरेको यो कामको प्रशंषा गरेका छन ।

    कार्यक्रममा लाईन्स क्लब बेलबारीका अध्यक्ष हेमन्त सुवेदी,युवा जागरणका अध्यक्ष सुजित बस्नेत बेलबारी जेसिजका उपाध्यक्ष राजन प्रसाई,केदार अधिकारी,बेलबारी साना शहरी तथा खानेपानीका अध्यक्ष महेन्द्र सुवेदी,बेलबारी नगरबिकास समितिका अध्यक्ष धर्मप्रसाद कटट्ेल,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बारेमा पत्रकार नरेन्द्र बस्नेतले औचित्य प्रष्टयाएका थिए भने जेसिजका महासचिब दिपेन्द्र खुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…