झापा । त्रिभूवननगर जेसीजको आयोजनामा ‘जेसीज हाफ म्याराथुन’ को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ ।
म्याराथुनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थप उचाइमा लैजाने उदेश्यका साथ हरेक वर्ष हुँदै आएको मिनि म्याराथुन मंसिर १५ गते गर्न लागिएको बुधवार त्रिभूवननगर जेसीजले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । म्याराथुनमा पुरुष, महिला, पौढ तथा बालबालिका सबैलाई समेट्ने तयारी गरिएको र यसै अनुसार पुरस्कारको व्यवस्था मिलाइएको शाखा अध्यक्ष एवम् वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार लालमणि भण्डारीले जानकारी दिनु भयो । प्रतियोगितामा विजेता क्रमश प्रथम, दोस्रो र तेस्रोले नगद २५ हजार, १० हजार र ५ हजार मेडल र प्रमाणपत्र पाउने अध्यक्ष भण्डारीले जानकारी दिनु भयो । यसैगरी महिला बालबालिकालाई नगद ५ हजार, २ हजार र १ हजार पाउनेछन् । २१ किलोमिटर दुरीको उक्त म्याराथुन शाखा सचिवालयबाट सुरु भएर पारिजात टोल, गुलेरिया पानी ट्याङकी, जमुना चोक, गुलेरिया मार्ग, नापी शाखा, सहिद गेट हुँदै पुन सचिवालयमा आएर समापन हुने शाखाका महासचिव बुद्धिप्रकाश शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । प्रतियोगितामा सहभागि हुन आउने जिल्ला भन्दा बाहिरका सहभागिलाई एक रातको खाना बस्नको व्यव स्था गरिएको म्याराथुन प्रतियोगिताका संयोजक टंक रावतले बताउनु भयो । प्रतियोगिता दाङ जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा हुने संयोजक रावतले बताउनु भयो ।