दक्षिण एसियामा अवस्थित नेपालको राजधानी काठमाडौं प्रकृतिले मात्रै हैन विभिन्न कालखण्डका कलाकार र इतिहासले दिएको अनुपम उपहार हो।यहाँ असंख्य सम्भावनाहरु लुकेर बसेका छन।
जसबाट नेपाल् र नेपालीका सुन्दर भविस्यहरु बोकेका सम्भावनाहरु एकातिर छन भने अर्को तिर चुनौती पनि छ। गम्भीर चुनौती जसको सामना गर्ने मस्तिष्क डा.बाबुराम भट्टराईसग छ। अनि यो मुलुकमा एउटा् यस्तो सत्ता
हुनुपर्छ जुन सत्ताको सुमधुर कार्यहरु जनता केन्दृत हुन,त्यस्ता एजेन्डाहरु वैद्य र विप्लवजस्ता कम्युनिष्ट नेताहरुको मनमा भने पक्कै छ जस्तो लाग्छ ।
एक पटक अलिक मुटु बलियो बनाएर देश बनाउने नेताको जन्म यो मुलुकले खोजेको छ कि जस्तो लाग्छ।हालसम्म नेपाली राजनितीमा दल बनाउने मात्रै नेता जन्मिए देश बनाउने नेताहरुको जन्म नभएको पो हो कि जस्तो भान
हुन थालेको छ।यसैले त बालुवाको शहर काठमाडौंले हरेक दिन सयौं युवालाई सस्तो श्रम बेच्न खाडी तिर बिदाई गरिरहनुपरेको अन्तरास्ट्रिय विमानस्थल छ हामिसग।
जहाँबाट आधा करोड युवाशक्ति साउदी माताको भुमीमा अमुल्य श्रमदाना रुपि पसिना सस्तोमा बगाइरहनुभएको परिस्थिति मात्रै छैन हजारौं बर्सेनि काठको बाक्सामा प्याक भै आउने गर्छन भने कति त्यो मृत शरिर नेपाल आउन नपाई गिर्जाघरमा थन्किएर बस्नुपरेको दर्दनाक र भयानक परिस्थितिमा नेपालको सगरमाथा र लुम्बिनी रोइरहनु परेको विवश अवस्थालाई मनन गर्दै यो पंक्तिकार केही हरफहरु पस्कन चाहन्छ।
नेपालको अन्तरास्ट्रिय विमानस्थल बाट हाम्रा युवाहरु अर्काको देशको दास बन्न उड्ने होइन अन्तरास्ट्रिय मुलुकको भ्रमण गर्न जाने पर्यटक बन्नुपर्छ।अनि हाम्रो आर्यघाटमा नेपाल आमाको छोराछोरीको शव होइन विदेशी पर्यटकको बाक्लो
उपस्थिति भएको देख्न चाहन्छौं।त्यसको लागि उपत्यकावासीले त्याग गर्नुपर्ने हुन्छ।जुन त्याग कष्ट
कर त होला नै तर हाम्रै पुस्ताको लागि आत्मनिर्भरताको केन्द्र बन्न पाउने सुखद भविष्यलाई उपत्यकाबासीले जबर्जस्त स्विकार गर्नुपर्ने हुन्छ। त्यसको लागि टिकारामहरुको सत्ता होइन जनताको जनसत्ता आउनुपर्छ कि?अनी चुनौतीहरु सहज विकल्पको रूपमा ल्यान्डिङ हुन पाउछन।
हामीसग भएका अथाह सम्भावनाहरुलाई हालको अवस्थामा मारिरहेको छ नेपालको राजधानी काठमाडौंले । यसर्थ :पंक्तिकार केही हरफहरु लेख्ने अनुमती चाहन्छु । यस्तो आलेख लेख्दा जन्मभुमी काठमाडौं म संग रिसाउला
या मैले गम्भीर खतराको सामना गर्नुपर्ला तर सहर्ष स्विकार गर्दै लेख्दैछु प्रिय् मातृभुमिको उपत्यकालाई केही सुझाव ।
प्रिय उपत्यका , तिमिले गर्ने त्याग सारा देशवासीको लागि अनुपम मद्दत हुनेछ,ऐतिहासिक महासमरको युद्द जिते जस्तै हुनेछ। विषय प्रवेश: सुरुवातमा नै लेखिसकेको छु ,सुनको थालमाथी छौं हामी यानेकी बालुवाको शहरमा छौं हामी।अनि यो ऐतिहासिक नगरी काठमाडौंको देश नेपाल जहाँ करोडौं युवाहरुलाई परनिर्भरता बाट रोक्न अचुक सम्भावनाहरु रहेका छन काठमाडौंले । के हुन ती सम्भावना र चुनौतीहरु ??
हामीसग हजारौं वर्ष पुराना अधिक सम्पदाहरु विद्यमान छन ,काठमाडौंमा।ती सम्पदाहरुको महत्व बाक्लो काठमाडौंको वस्तिले घटाइरहेको छ।सडकको मापदण्ड मात्रै हैन काठमाडौंको वस्तीहरुको मापदण्ड अधिक भएको छ।झन्डै आधाकरोड जनसंख्या होला काठमाडौंमा , यसलाई अन्यत्र सारिनुपर्छ।काठमाडौंका बाक्ला बस्तीहरु हटाउदै हाम्रा प्राचीन सम्पदाहरु सजाउन नेपालको सरकार राजी हुनुपर्छ । काठमाडौंको किनार किनारमा मात्रै वस्ती बस्न दिई पुरै काठमाडौं सम्पदाहरु र ऐतिहासिक किंवदन्ती जोडिएका स्थान बाहेक शहर नै एकपटक
…………हटाउनुपर्ने देखिन्छ।त्यसपछी बालुवाको शहर काठमाडौंमा ठाउठाउमा ठुलाठुला पोखरीहरु बनाउदै ,हाम्रा सम्पदाका बाहिरका क्षत्रहरुमा सुन्दर हरियाली बगैचाले भर्दै काठमाडौंलाई बदल्न सकियो भने काठमाडौंको प्रदूषण सारा विश्वले भुल्नेछ।
देशी विदेशी पर्यटकको ओहिरो लाग्नेछ।लाखौं होटल र रिसोर्टहरु बनिनेछन।काठमाडौंमा बसेर बिहान हिमाल हेर्न पाउनु ,सुन्दर र हराभरा काठमाडौंमा बसेर कहिल्यै न अघाउने पर्यटकहरुको थामिनसक्नु उपस्थितिले गनिनसक्नु डलरको आम्दानी गर्नेछ।लाखौं होटलमा करोडौं युवाशक्तिहरु स्थापित हुनेछन।
कतै ताल ,कतै ठुला ठुला बगैंचा ,कतै मन्दिर,कतै जंगल,कतै नदिनाला,कतै सिनेमा त कतै हाम्रा संग्रहालयहरु कतै हाम्रा महान सहिदहरुको मेमोरियल पार्क ,नेपाल बुझ्न आउने पर्यटक उसको सम्पूर्ण भिजिट टाइम यहि खर्च गर्नेछ।अनि नेपाल समृद्द र जनता लाभान्वित हुनेछन।
अन्यथा ,यो अनावश्यक बाक्लो शहरले हाम्रो सम्पदा र विविधतलाई प्रदुषणको धुवाले कालो बनाइरहनेछ।सस्ता पर्यटक आउदै एक हप्ता काठमाडौं बस्दा बिमार भएर भिजा रद्द गरेर फर्किनुपर्ने विडम्बना बढिरहने खतरा बृद्दी भैरहन पुग्नेछ। हाम्रा युवाहरुलाई मात्रै परनिर्भर र काठमाडौंले सधै फोहोरी र प्रदुषित मुहार लगाएर बस्नुको विवशता मात्रै भोग्न विवश हुनेछ भने फोहोर राजनितिको रुल मात्रै हावी भैरहनेछ।हुन त यहाँ थुप्रै चुनौतीहरु होलान त्यसको सामना गर्न जसरी बाबुरामले चक्रपथ बनाउन लागिपरे त्यसैगरी पहिला राजधानी बनाएर अनि प्रदेश बनाउन तिर नेपाल सरकार लाग्ने आट गर्यो भने हाम्रो हिमाल,हाम्रो सम्पदा,हाम्रो प्रकृति,हाम्रा नदिनाला संसारलाई मनमोहक पार्ने प्रकृतिको अनुपम उपहार झनै बरदान हुनेछ।अन्यथा, नेपाल आउने पर्यटकले मास्क लगाएर हिड्नुको विडम्बना त छदैछ तर विदेश घुम्न गएको सरकारको मान्छेले विदेशी पाहुना आफ्नो देश बनाउदा सडकमा अस्थायी सफाई गर्दै नक्कली बगैचाबनाउदै ढाटिरहेको सत्यलाई संसारले नाक खुम्च्याउनेछ।
अन्त्यमा,उपत्यकाका वस्तीहरु पुरै हटाए पछि पातलो वस्ती उपत्यकाका साइड साइडमा बनाउनुपर्छ। कहि हस्तकलाका शहर,कहि कपडाका हेन्डिक्राफ्ट्का टाउन त कहि म्युजियम,कहि हाम्रो मौलिक पहिचान र सस्कृती झल्काउने टिपिकल भिलेजहरु बनाउदै सुन्दर शहर बनाउन उपत्यकाको बढ्दो चाप र वस्तीको शहरलाई पुरै नघटाए हाम्रो गौरवका धरोहर सगरमाथा लगायतका हाम्रा हिमालहरुको अमुल्य महत्व लोप हुन जानेछ।धन्यवाद ।