विवेक मिश्र
चौध वर्षिय बालीका सुजता रसाईलीको मुटुमा गभिर समस्या भएर आर्थिक अभावले उपचारमा समस्या भएपछि स्थानीय युवाहरुको नेत्रीत्वमा सहयोग रमक संकलन कार्य भईरहेको छ । मोरङ बेलवारी ११ लक्ष्मीमार्गकी सुजताको विगत चार वर्ष देखि मुटुमा समस्या देखा परेको थियो । केहि समय अघिदेखी काठमाण्डौँ स्थीत सहिद गंगालाल हृदय केन्द्र बाँसवारीमा उपचार गराई रहेकी ति बालीकाको आर्थिक अभावका कारण हाल उपचारमा समस्था उत्पन्न हुन थालेको छ । सुजताको गत श्रावण २९ गते नै मुटुको सल्यकृया हुनुपर्नेमा आर्थीक अभावले रोकिएको थियो । आर्थिक सहयोग संकलनमा सहयोग गरिदिन स्थानिय संघ संस्था, बुद्धिजिविहरुमा बेलवारी ११ नम्वर वडा कार्यलयले अनुरोध समेत गरेको छ । लक्ष्मीमार्गका घर भई हाल काठमाण्डौँमा बसोवास गर्ने रविन घमिरेले आई लभ एलएक्स फेसबुक ग्रुप मार्फत आर्थिक संकलन अभियान चलाईरहेका छन् । जनता बैंकमा आमा प्रमिला विकको खाता नम्बर ०६५१०४०५५६७०३०१ मा आफुले सक्ने रकमलाई जम्मा गरेर एक बालीकाको जिवन रक्षामा सघाउ गरिदिन रविनले अनुरोध गरे ।