• उर्लावारी, मंसिर १२ चर्चित बालगायक अशोक दर्जीका साथी भूइकठहरको परिवारलाई घर हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि घर हस्तान्तरण गरिएको हो ।भूइकठहर लगायत उनको परिवारलाई पुरानो घरबाट तामझामका साथ नयाँ घरमा प्रवेश गराइएको हो । नयाँ घर पाउदा भूइकठहरको परिवारले खुशी व्यक्त गरेका थिए भने संयोजक पुर्ण वाईबाले देश बिदेशमा रहेका सहयोगीलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । कर्यक्रमको सन्चालन घनश्याम भण्डारीले गरेका थिए  । 

    उर्लाबारीका समाजसेबी पूर्ण वाइबाको नेतृत्वमा निर्माण गरिएको उक्त घर धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमालले भुईटहरे निवासको उद्घाटन गर्नुभएको छ ।  गाउँमा जनमन गर्दै जिविकोपार्जन गर्दै आएका धिमाल परिवार घर पाएपछि हर्षित बनेका छन् । भुईकटहरेकी कान्छी बहिनी बबिता, जेठी दिदी पवित्रा धिमाल र माहिली कविता हुन् । पवित्रा कक्षा १० र कविता ८ मा मामाघरमा बसेर पढ्दै आएका थिए । बबिता भने स्कुल गएकी छैनन् ।

    भुईकटरे भने उर्लाबारी–७ स्थित बेथेल एजुकेशन एकाडेमीमा अध्ययरत छन् । उनलाई विद्यालयका प्रिन्सिपल दिपक न्यौपानेले निःशुल्क पढ्ने ब्यवस्था मिलाएका हुन् । घर हस्तान्तरण कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । धिमाल समूदायका अगुवालगायको उपस्थिति रहेको थियो । घर निर्माण समितिका अभियान्ता एबं सचिब विजय धिमालले स्वागत एबं आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।



     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…