• उर्लाबारी:उर्लाबारी–७ स्थित नमूना बाल गृहको भवन निर्माण सहयोगार्थ मंसिर ३ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
    लायन्स क्लब अफ इन्टरनेशनल फाउण्डेशनमार्फत एक करोड बढी ग्रान्ट फन्ट प्राप्त हुने र करिब ३५ लाख संस्थाले बैंकमा जम्मा गर्नु पर्ने भएपछि गृहले पूराण लगाउने भएको अध्यक्ष मीनादेबी बरालले जानकारी दिएकी छन् । सहयोगी दाताकै भरमा चलिरहेको उक्त संस्थाको भवन निर्माण गर्न आवश्यक रकम ३५ लाखको आधा उर्लाबारीका लायन्स क्लबहरुले ब्यहोर्ने बचन प्राप्त भएको र बाँकी रकम पुराणबाट जुटाउने लक्ष्य लिएको अध्यक्ष बरालले जानकारी दिइन् । भर्खरै सम्पन्न उर्लाबारी रिमझिम मेला र हाउजीबाट पनि गृहलाई केही रकम प्राप्त हुने उनले बताइन् । पुराण भब्य रुपमा सम्पन्न गर्नका लागि यमूना राईको संयोजकत्व १ सय १ सदस्यीय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ एब् नमूना बाल गृहका बालाबालिकाहरुको सामुहिक बतबन्ध तथा गुन्यु चोली कार्यक्रम आयोजक समिति बनेको छ । त्यस्तै, समाजसेबी जयधर्म आचार्यको संयोजकत्वमा १ सय १ सदस्यीय सल्लाहकार समिति बनेको छ । त्यस्तै, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारीको संयोजकत्वमा २५ सदस्यीय प्रचारप्रसार समिति बनेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…