उर्लाबारी । कुलझोडा युवा क्लवको आयोजना भएको फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । उर्लाबारी ९ मा एक कार्यक्रमको आयोजना गरि आयोजकले आय ब्यय सार्वजनिक गरेको हो । खेलमा आय १० लाख ९९ हजार ५ सय रुपैया आय र १२ लाख २४ हजार ५ सय ब्यय भएको खेल संयोजक कमल फ्याकले जानकरी दिनुभयो । उहाँले खेलमा सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दै भन्नुभयो, तपाईहरुको सहयोगले खेल सम्पन्न गर्न सकियो । नत्र खेल नै गर्न गाह्रो थियो । फ्याकले उर्लाबारीलाई चिनाउन आगामि दिनमा पनि अझै स्तरीय खेल गर्न क्लब लागि पर्ने र आगामि दिनमा पनि यस्तै साथ सहयोगको आशा राख्नुभएको छ । गत कात्तिक १२ गतेदेखी सुरु भएको प्रतियोगितामा प्रदेश नं १ का ८ वटा टिमको सहभागिता रहेको थियो ।