• उर्लाबारी, १२ मंसिर उर्लाबारी–३ मंगलबारेस्थित सनसाइन अंग्रेजी माध्यमिक विद्यालयले मिर्गौला पीडित १३ वर्षीया बालिका रेस्मा शेर्मालाई नगद सहयोग गरेको छ । सोही विद्यालयको कक्षा–६ मा अध्ययनरत छात्रा शेर्मा मिर्गौलाको समस्याबाट पीडित भएपछि विद्यालय, शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थीबाट संकलन भएको ५७ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको हो । बुधबार विद्यालयका भाईस प्रिन्सिपल भक्तबहादुर बस्नेत र विद्यालय पार्लियामेन्टकी अध्यक्ष सरिता खतिवडाले रेस्माकी आमा सुकमाया शेर्मालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रिन्सिपल सुरेन्द्र सुवेदीले २० हजार, शिक्षक, कर्मचारीले २० हजार र विद्यार्थीले १७ हजार ६ सय ५५ रुपैयाँ गरी ५७ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको भाईस प्रिन्सिपल बस्नेतले बताउनुभयो ।

    यसैबीच, मृगौला पीडित रेस्माले उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेकी छन् । पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ४ घर भई हाल उर्लाबारी–३ मंगलबारेमा बस्दै आएको बताउँदै रेस्माकी आमा सुकमायाले छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गर्नुभयो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपणका लागि नयाँ दिल्ली रेफर गरेको बताउँदै आमा सुकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, ‘छोरी विद्यालय जान चाहन्छे ।

    सबैतिरबाट सहयोग भएमा उसको इच्छा पूरा हुने थियो ।’ सुकमाया छोरीलाई मिर्गौला दिन तयार हुनुहुन्छ तर मिर्गौला प्रत्यारोपणका लागि चाहिने रकम अभाव भएको छ । पीडित बालिकालाई सहयोग गरेर उनको जीवनरक्षा गरिदिन सनसाइन बोर्डिङ स्कूलका निर्देशक सुरेन्द्र सुवेदीले सबैमा आग्रह गर्नुभएको छ । रेस्मालाई सहयोग गर्न इच्छुकले उनकी आमा सुकमायालाई ९८२५३४६३५१ मा फोन गर्न सक्नुहुने छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…