• बैतडी । प्रतिनिधिसभा सांसद डिला संग्रौलाले कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई गृहमन्त्री रामबहादुर थापाले काखी च्यापेको आरोप लगाएकी छिन् । नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहेकी सांसद संग्रौलाले प्रेश युनियन बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकार निर्मला पन्तलाई न्याय दिने पक्षमा नरहेको आरोप लगाइन् ।

    ‘निर्मलाको हत्यारा पत्ता नलागे एकमिनेट पनि सरकारमा बस्दिन भन्ने गृहमन्त्री स्वयंमले निर्मलाका हत्यारालाई काखि च्यापेका छन् ।’ उनले भनिन् ।
    निर्मलालाई न्याय भन्ने अभियानका क्रममा बैतडी जिल्ला पुगेकी संग्रौलाले सरकार निर्मला पन्तको बलत्कारपछि हत्या भएको बिषयमा गम्भीर नभएको बताईन् । ‘निर्मलाको बिषयलाई लिएर अधिकार माग्दै हिडेका हामीहरुलाई न्याय हराएको आभाष हुदैँछ,’

    सरकारले अपराधिलाई संरक्षण गरेर राखेको भन्दै उनले हत्या भएको ४महिना हुन लाग्दा पनि अपराधि पत्ता नलाग्नु सरकारको कमजोरी भएको बताईन् । निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनालाई लिएर काग्रेसले राजनिति गर्दै छ की ? भन्ने पत्रकारहरुको प्रश्नमा सांसद सग्रौलाले काग्रेससंग राजनिति गर्ने धेरै एजेण्डा भएकाले एउटा घटनालाई लिएर राजनिति गर्नु आवश्यक नरहेको बताइन् ।

    मुलुकमा दिन दिन बलत्कारका घटनाहरु बढिरहेकाले सबै घटनाका अपराधिहरुलाई सरकारले कारबाहि गर्नुपर्ने बताईन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मलाको गत साउन १० गते बलत्कार पछि हत्या गरिएको थियो । निर्मलालाई न्याय भन्ने अभियानको नेतृत्व गर्दै गत असोज महिना देखि इलाम जिल्लाबाट यात्रा सुरु गरेकी सांसद सग्रौला बुधबार बैतडीमा कार्यक्रम गरेर दार्चुला प्रस्थान गरेकी छन् । यसपछि अन्तीममा धनगढिमा कार्यक्रम गरेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाई अभियान समापन गर्ने उनले बताइन् । राजधानीबाट ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…