१८ कार्तिक,२०७४
समयक्रम संगै १५ वर्षको कलिलो उमेरमा २०५४ सालको एसएलसी ब्याक लागेपछी ०५५ भदौमा संचालित पुरक परिक्षाबाट मैले प्रवेशिका परिक्षा एसएलसी उतिर्ण गरें।मामा घर कपनमा बसेर आइए पहिलो वर्ष पढें,दोश्रो वर्ष पढ्दै गर्दा ०५६ चैतमा घरबाट फोन आयो म घर गएं,१८ वर्षको छोरो ,घरको जेठो सन्तान मागी विवाहको चाजो पाजो रहेछ।०५७ साल वैशाखको २ गते उक्त ब्यक्तिसग मेरो मागी विवाह भयो। जसको नाम पनि अप्रिय लाग्छ उच्चारण गर्न चाहिन है? वैवाहिक जीवन ,घरमा नया बुहारी सबै कति गदगद थिए।बृद्धअबश्था र बिमारी बुवाको मुहारमा पनि मुस्कान देख्थें,आमाले छोरी जस्तै माया गर्नुहुन्थ्यो,म उनलाई मेरो बेस्ट फ्रेन्ड बन ल लोग्ने स्वास्नी होइन भनेर सम्झाउथें।केही महिना र शालिन थियो,म पनि गाउमा लक्ष्मण सर भैसकेको थिएं। त्यस्तै ४/५ महिना हाम्रो वैवाहिक जिन्दगी सुखद र सुन्दर थियो।घरमा बादविबाद पनि हुन्न थियो।जम्मा ६ जनाको सानो र सुखी परिवार भित्र हामी दुइको जिवनको यात्रा बाहिर बाट देख्दा सुन्दर थियो,यतिबेलासम्म हामी दुई खुसी थियौं। बिहाको त्यही ४ महिना जस्तो लाग्छ उनी दुई तीन दिनको छुटी लिएर माइत गइन ,२ हप्ता सम्म घरमा नआइपुग्दा लिन गएको ,गाउका चार पाच जना आईमाईहरु बोलाएर घरायसी कम्प्लेन उठान गर्न कथित समाज जोडिएको रहेछ।यस्ता कम्प्लेनहरु संगै केही नबोली उनिलाई लिएर म घर जान्थे… ०५७ साल पुस २४ गते राती घर छाडेर उनी भागिन,बिहान देखिको मान्छे बेपता भए पछि अलिअली जनयुद्धमा भुमिगत हो कि जस्तो पनि अनुमान गरें ,तर गर्वभती महिला,शंका पनि लाग्यो कतै गएर लुकेकी छिन।सोही दिन धेरै ठाउमा खोज्न म ,बुवा,ठुलो बाबाको छोरा नवराज र केही आफन्तहरु लाग्यौं,देखेको कसैले भनेनन् अनि पर्सिपल्ट देखि उसैको बाबू ज्यान र चिहान देखा भन्दै आउन थाल्यो,हामिलाई अप्ठ्यारो समयले पाठ पढाइरहेको आभाष हुन्थ्यो। उनको उल्टो बेइज्जतीको सुरुवातको पुरस्कार समाज जोड्दै दिन्थिन भने बिबाहको नौ महिना पछि उनी आफू काठमाडौंमा पुरानो बानेश्वरमा आफन्तको घरमा लुकेर बसेर उता ज्यान र चिहान देखाउन बाउलाई उक्साइरहदा करिब १२ दिनको दिन फेला पारें,उनका आफन्तहरुले नंया पाटी जान भने त्यहा पनि समाज जोडिएको रैछ,उनिहरुको परिवारमा प्रायः सानो कुरामा समाज जोड्ने बेइज्जती गर्ने उनिहरुको धर्मलाई ननाघी म नया पाटी गएं,समाजको सामु लामो चिठी खुल्यो हामी सबैले उसलाई कुट्ने गरेको भनेर,अनि गाउमा बस्ने भए घर नजाने भनेर भन्ने ब्योहोराको पत्र सुनियो।अनि म सग काठमाडौं राख्ने हैसियत र स्थान नभएपछी ज्यान जिम्मा लगाइदिएं चिहान खोज्ने बाउलाई र म आफ्नो घर भोटेचौर गएं। करिब अर्को एक हप्ता पछि सायद उसको बाउले आफ्नी छोरीको ज्यान मेरो चिहान जस्तो घर बनाउन ल्याइदियो,हार्दिक स्वागत गरेर भित्र्याइयो। त्यसैको ५ महिना पछि जेठी छोरी सिम्रनको ५८ जेठ ११ गते हाम्रो घरमा जायजन्म भयो।आशा जन्म्यो छोरी सगै मनमनै शान्तिको श्वास फेरियो।सार्है खुसी ल्याएको दिनले आज धेरै नराम्रो सन्देश पस्कि दिएको छ ।त्यसैको जगमा केही सत्य हरफहरु कोर्दैछु।मेरो काठमाडौं बसाइ छाडेर म विवाहित मान्छे गाउँ बसें,निजि स्कूलमा सस्तो तलबमा पढाउन थालें, त्यसपछि परिवारको साथ,बुवा ममिको साथ,भाइ बहिनिको साथ जिन्दगीमा अनेकन सपनाहरु बुन्न थालें।केहिसमय पछि हाम्रो घर बाट एकजना सदस्य मेरो भाइ प्रसन्न जनयुद्धमा सहभागी भयो,अनि त म घर बस्नै बाध्य भएं ,सबै ठिकै थियो,बुवाको सधैको ऐया ऐया ले भने चिन्तित बनाउथ्यो।भाइ जनयुद्दमा त्यो क्रान्तिको यात्रालाई आत्मसम्मान जाहेर गर्थें। विस्तारै छोरी बढ्दै गइन,छोरी सिम्रन २ वर्ष भएपछी छोरा सौरभ पनि जन्मियो ०६० असोज ८ मा भने बुवाको असमायिक निधन भयो ०५९ चैत्र २१ गते,त्यतिबेला म जिम्मेवार थिएं,अभिभावक जस्तै थिएं घरको ,सबै ठिकै थियो। छोरा जन्मे पछि घरमा अब नया नया सदस्यको मुहार हेर्दै हामी विगतका समाज जोडाइ,भाग्ने काम,गुहार,बेइज्जतीका हर्कतहरु सबै भुल्दै नया पिडिलाई हेर्दै घर बनोसको कामना मात्रै गर्थ्यौं। छोराको जन्म भएको ३ महिना भएको थियो,सुराकिले सेनालाई जासुसी गर्दा मेरो शोकाकुल र अर्ध खुशी बोकेको घरमा सशस्त्र हतियारधारी शाही सेना आयो,रातको समयमा लिएर हिड्यो,बिच बाटोमा पुर्याएर छाडिदियो अनि सेनाको यो कदम पछि मेरो गाउँ बसाइको कन्डिसन चेपुवामा पर्ने संकेतहरु आउदै गर्दा ०६० साल बैशाख १० गते बुवाको बार्षिकी सकेर म राजधानी पसें र म्याग्दी,मुस्ताङ तिर काम गर्न जान थालें। आमा परिवार र ती लालाबालाको धेरै मिस गर्थें,चाहेर पनि भेट्न नसकिने अवस्थाहरु द्वारा म धेरै टाढा हुन बाध्य थिएं,निरंकुस राज्यसत्ताको आखामा म तारो बन्दै थिएं। ६ महिना भ्याली बाहिर छ महिना भ्यालीमा वस्थें।पर्यटनमा काम गर्थें,राम्रै आम्दानी हुन्थ्यो अनि मैले सम्झें नयापाटी को समाज,नाङ्लेभारेको समाज त्यसपछी उनको रहर पूरा गर्ने आट आयो,काठमाडौंमा कोठा तयार पारेर आमालाई र परिवारलाई काठमाडौं बोलाएं।केहि समय संगै बसेर म घोरेपानी म्याग्दी तिर आफ्नो काममा लागें।तीन महिनामा काठमाडौं आएं।केही दिन संगै बसें। सोधखोज,सरसल्लाह केही हुन्न थियो ,केही भनेर सम्झाउदा काठमाडौंको घरबेटीले पनि चाल पाउने हुदा म मौन बस्थे,पछि अरुहरुबाट थाहा पाइयो उनी होटेल तिर काम गर्छिन भन्ने, मैले खासै सोधखोज गर्दैन थिएं। जनअन्दोलन चलिरहेको थियो,हामी नयावस्ती भन्ने ठाउमा बस्थ्यौं,त्यहाबाट कोठा सरेर बाहुन धारामा आयौं,बहिनिको बिबाह गरियो,उनी यति सम्म नकरात्मक सन्देश प्रवाह गर्न खोज्थिन कि उनी बहिनिको विवाहमा पनि सहभागी जनाइनन,जानुपर्छ भनेर जान नहुने भएको छ भनेर टारिन अनि बहिनिको विवाह पनि भयो सबै राम्रै थियो। बहिनिको विवाहको दोश्रो हप्ता थियो,उनी होटेल बाट साझमा घर आइन,आमा बिमारी हुनुहुन्थ्यो,उनी अब छुट्टै बस्ने भनेर कोठाको सामान प्याक गर्न थालिन,उनको नजिकका मान्छेहरु बस्ने स्थान तिर रे,यसै शिलशिलामा मैले रोक्न खोज्दा उनले गुहार लगाइन,मैले जोडेको कोठाको सामान उठाउन थाल्दा मैले रोक्ने प्रयास गरें,केही नलागेपछी पुलिसलाई फोन गरें।तत्कालीन समयमा इन्स्पेक्टर हालका डिएसपी तपन दाहाल थिए,भोलि निबेदन दिनु अनि सोही अनुसार बस्नु भनेर पुलिस वापस भयो।उनले भोलिपल्ट तत्कालीन वडा प्रहरी कार्यालय बौद्द चौकिमा निबेदन दिइन,मैले मापसे गरेर कुट्ने गरेको,संगै बस्न नसकेको, अब छुट्टै बस्ने अनि मैले मानोसामल भर्नुपर्ने भनेर …… त्यसपछि मैले डिभोर्सको लागि भनें उसले मानिन,छुट्टै बस्ने ,मानोसामल भर्नुपर्ने,त्यसपछि म उ सग संगै नबस्ने बरु भारत भासिने योजना बनाएं र सोही बमोजिम आमालाई बालबच्चाको जिम्मा लगाएर म भारत पसें। किनकी मैले दिएको पैसा कालो पैसा जस्तो गर्थिन,बच्चाहरुको फी तिर्न मनाही गर्थिन,अनि संगै बस्न अश्विकार गर्थिन ,यस्तो जीवन साथीसग संगै हुनुभन्दा टाढा हुनु मा नै कल्याण देखेर करिब म १० वर्ष डिसकनेक्ट भएर सेपरेट बसें। आमाले बच्चाहरुको हेरचाह गर्नुभएको थियो,खानलाई गाउबाट धान गहुं वर्षभरी पुग्ने आउथ्यो, तर उसले मलाई काठमाडौं आउनुपुर्व भएको फोन सम्पर्कमा तेरो आमा पाल्देको छु, कुकुर,खाते भनेर मेसेज गर्थी मैले पनि सोही जबाफ फर्काउथें,तर उ आफ्नो मेसेज डिलेट गरेर मेरो मेसेज बच्चाहरुलाई देखाउदै आफू संग मात्रै नभएर बच्चाहरुसगको सम्बन्धलाई नि च्यात्दै थिइन। केही वर्ष पहिला जब बच्चाहरु हुर्किए,मेरो आमा छुट्टिएर बस्नुभएको खबर पाएं त्यसपछी म काठमाडौं आएं।केही दिन उनिसग फेरि मिलें,आमालाई बाहिर एक्लै राखेर उ सगको साथ अप्रिय ठानें र भनें अब हामी सबै एकैघरमा बसौं,उसले मानिन र मैले सम्बन्धविच्छेदको विकल्प पस्कें,एकै परिवारमा संगै बस्नुभन्दा सम्बन्धविच्छेद स्वीकार गर्न उ राजी भए पछि जिल्ला अदालत काठमाडौंमा उसले झुठ ब्योहोरा उल्लेख गर्दै मुद्दा दर्ता गरि यस्तो"मैले घर छाडेर हिड्दा काठमाडौंमा कोठा उसैले खोजेर उसले आमालाई र वच्चालाई पालेको, मैले झन्डै दस वर्ष सम्म हेरचाह नगरेको,मापसे गरेर कुट्ने गरेको , पोखराकि गुरुङ्नी थर भएकी महिलालाई दोश्रो श्रीमती वनाएको,सम्बन्धविच्छेद गर भनेर धम्क्याइरहेकोले उक्त स्वामी सग जीवन सुखद नहुने भएकोले अंश माग गर्दै मुद्दा दायर गरिन ,दुई महिना अगाडी मुद्दा फैसला भयो,सम्पत्ती बाडफाड अदालतको नियमानुसार हुने भएकोले मैले अदालतको नियम प्रतीक्षा गर्दै बसेको थिएं,सबै सम्पत्ती विवरण यथार्थ बुझाएको प्रमाण हाल अदालतमा रेकर्ड हेर्दा भेटिन्छ नै। एक्कासी हिजो फेरि land line number बाट फोन आयो,फोन जिल्ला अदालत काठमाडौंबाट रैछ,कारिन्दाले गरेको,नागरिकता लिएर आउनुस है मुद्दा छ भन्यो,म झस्किएं,कसको मुद्दा भनेर सोधेको त्यही अप्रिय सम्बन्धको नाम आयो, अनि मैले हस भनेर फोन राखिदिएं र आज म अदालतको कारिन्दाको अपोइन्ट्मेन्ट अनुसार नागरिकता लिएर गएं! अंशमुद्दा दायर १६ वर्षकी छोरी सिम्रनको तर्फबाट रहेछ,पढ्दै नपढी कागज खल्तिमा बोकेर घर आएं।अनि करिब चार घन्टा पछि उक्त मुद्दा पढेको त मेरो मुटुको रगत उम्लियो……… ब्योहोरा यस्तो बनाइदिएकी रैछिन,बाबुछोरी र छोराको सम्बन्ध नै धुलोपिठो हुने गरि……धुजाधुजा पारेर च्यात्तिएको रैछ मेरो मनलाई……… मैले बिगत १०/११ वर्ष देखि उनको ममिलाई छाडेर हिडेको,खान लाउन वास्ता नगरेको, विपक्षी पिताले पढाइ खर्च लगायत आफ्नो कर्तब्यबाट टाढा रहेको होटेलमा डलर कमाउने आमा,काठमाडौंमा घडेरी किन्ने आमा,अनि स्कूटर चढेर हिड्ने आमाको पैसाले नपुगेर म उनिहरुको बुवा कहाँ खर्च माग्न आउदा कुटपिट गरेर अब अब कहिल्यै मेरो घरमा न आउनु भनेको ले विपक्षी पिताको साथ हाम्रो भविष्य अन्धकार हुने निश्चित भएकोले पितासग रहेको चलअचल सम्पत्तिको ३ भागलाई तीन भाग लगाइ दुई भाग हामी नाबालकलाई ममिको संरक्षणमा रहने गरि दिलाई पाउं भनी छोरीलाई झुठ्ठा शिक्षा दिलाउदै एउटी आमाले आफ्नै छोरीलाई झुटो बयान दिलाउन उक्साएकी रैछिन ।अनि मलाई झुट देखि आक्रोश बढिरहयो।सेतो लिफाफामा कालो मसि पोतेर कुनै पनि ब्यक्तिको चरित्र ध्वस्त बनाउने यस्ता झुठ मुर्तिहरुलाई पनि कानुनले निफन्ने काम गरोस,म मेरा छोराछोरीलाई मेरो पैतृक सम्पत्ती म सग भएको सबै हस्तान्तरण गर्न चाहन्छु र आतुर छु,तर झुठ्ठा आरोप प्रति गहिरो खेद ब्यक्त गर्दछु।यदि ती आरोपहरु जहाँ मैले सिम्रन र सौरभलाई खर्च माग्न आएका छैनन र न आउदै नै कुटपिट गरेको भन्ने झुट ब्योहोराको गहिरो खन्डन गर्दै यी असाध्यै झुटहरुको गहिरो छानबिन गरियोस।यदि त्यो झुट सत्य सावित भएमा मलाई फाँसी दिइयोस भन्दै सम्मानित कानुनसमक्ष हार्दिक निबेदन गर्दछु।
-भोटेचौर,सिन्धुपाल्चोक हाल : काठमाडौं