• झापा । बिद्या मन्दिर मावि बागलुङकी जिज्ञासा गौतम अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधी कब्जा गरेकी छिन् ।
    बागलुङ जेसीजको आयोजनामा आइतवार भएको जिल्ला सदरमुकाममा रहेका विद्यालयहरुबिचको प्रतिस्पर्धी ७ जनालाई पछि पार्दै जिज्ञासाले उपाधी जिेृतेकी हुन् । ‘Yes We Sine By Rising Responsibility’ विषयक वक्तृत्व प्रतियोगितामा युनिभर्सल सवलाइन –युएस एकेडेमीका निशा कुवर दोस्रो भइन् । उनीहरुले क्रमश क्रमशः नगद २ हजार र १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
    आफ्नो बिद्यालयमा बिभिन्न समयमा भएको वत्तृत्वकलाबाट बिजयी भएर आएका ८ बिद्यालयका बिद्यार्थी बिच अन्तिम प्रतिस्पर्धा गराइएको हो ।
    प्रतियोगिताको उद्घाटन बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीले गरेका थिए । उद्घाटन पछि बोल्दै अध्यक्ष भारीले जेसीजले गर्ने हरेक काममा नयाँपन, सिर्जनशिलता र सन्देश प्राप्त हुने बताए ।
    कार्यक्रममा जेसीज लिडर्सका अध्यक्ष गगनलाल शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सचिव राम थापा, जेसीजका पुर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुदिप राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    आयोजक शाखा वर्ष २०१८ की अध्यक्ष अम्बिका बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत निवर्तमान अध्यक्ष जोन बज्राचार्यले गर्नु भएको थियो । कार्यक्रम संयोजक बलबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…