• आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् ।
    यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।

    गलतः

    यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ ।

    दोश्रो प्राथमिकताः

    यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् ।

    झुटको जगः

    तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ ।

    मनमा अशान्तिः

    आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस् शेयर गर्नुस –

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…