१९ कार्तिक,२०७४(आइतबार)
बाम एकताको असन्तुष्टिले कांग्रेसलाई भोट जान्छ सन्तुष्ट बन्देउ एक बार कमरेड समृद्दिले जित्छ यहाँनेर बाम एकता हुदा निद हराम कमरेडहरु,अब म त भोट नदिने भन्ने कमरेडहरु अनि नेपालको राजनितिक अस्तब्यस्त परिस्थिति बाट सिर्जित भ्रममा रुमल्लिरहेका समादरणिय प्रिय कमरेडहरु…………… यो उद्गार लेख्दै गर्दा मलाई याद छ , मैले ओकलेका मसीहरु,जसले यतिसम्म पनि भन्यो कि एमालेको सुर्य चिन्हमा म यो जुनिमा कहिल्यै मतदान गर्ने छैन। यो वाक्य मैले हिजो लेखें,पोहोर लेखें,अस्तिन लेखें जतिबेला मुलुकमा बाम भ्रान्ती भएको थियो,कम्युनिष्ट कम्युनिष्ट विचको क्रान्ती भएको थिएन ,कम्युनिष्ट होलसेलहरु खुलिरहेका थिए।म पनि परिकल्पना गरिरहन्थें………… साच्चै यो देशमा यी सम्पूर्ण कम्युनिष्ट थर भएका,मार्क्सवाद ,लेलिनवाद,माओवाद गोत्र भएका दलहरु बिच एकता कहिले होला?? मैले यो status पनि update गरेको थिएं। हाल हामिले सोचेको भन्दा ७५% परिवर्तनका वर्षादहरु हुन थालेका छन। बादल नलागी प्रचण्ड तेजले वर्षा गराइदिएको छ , त्यो के भने अनेकतामा एकता , एकतामा शक्तिको मुहार देखाइदिएको छ। यहि दृश्यले सामाजिक धरातलमा आजको मितिमा एउटा तालमेलको ढिक्का बनेको बामपंथी कम्युनिष्ट पार्टी र दुई ओटा प्रतिपक्षी टुक्राहरुको तालमेलको कालो बादलको घर्षणले चट्याङ पार्दैछ।उनिहरुको राजनितिक सपनाले पनि निरन्तरता न पाइरहेको अवस्थाका सर्जक श्रध्यय अध्यक्ष कमरेड प्रचण्डको मैले जति नै खन्डन गरे पनि अपुरो र अधुरो हुन्छ। प्रचण्डको काम जोड्ने पनि रहेछ,युद्धकालमा प्रचण्ड नाम भत्काउने,पड्काउने र आक्रमण गर्नेको पर्यायवाचि थियो आज प्रचण्डको नाम निर्माण ,परिवर्तन र एकता अनि समृद्दी र समाजवाद तिर जोडिएको छ। उनै श्रध्यय अध्यक्ष कमरेडको सपना लाजिम्पाटको सपना हुनेछैन,कास्किको ढिकुरपोखरिको मात्रै सपना हुने होइन,अनि चितवनको मात्रै सपना हुने होइन ,प्रिय कमरेड प्रचण्ड नामले नेपालको धुजाधुजा,च्यात्तिएका मनहरु,असन्तुष्ट ि र तिक्तता अनि प्रतिशोधलाई मिलान गराउन लागिपरेको छ,अनि यो प्रचण्ड नाम प्रयास बन्दै छ। सक्दो प्रयास गर्छन प्रचण्ड र उनी उतिर्ण भएका पनि छन । कथामा हामिले पढेका पनि थियौं,ध्यानी बुद्दलाई मूर्ख मनुष्यले गरेका गालीहरु ,बुद्द हासी मात्रै रहेका,आज त्यस्तै भएको छ,हाम्रा असन्तुष्टीहरुले प्रचण्डले गाली खाएका छन,गद्दारीको आरोप खेपिरहेका छन, तैपनी प्रचण्ड चालले नेपाली राजनितिमा कुटनैतिक प्रयासको आरम्भ गरेको छ । अनि हाम्रा कांग्रेसी साथिहरु चिन्तित हुनुहुन्छ। एकै देशका नागरिक हामी एउटा पार्टीले जित्न लाग्यो भने अर्को पार्टीको तिक्तताको आरम्भ गर्छौं ,एउटा पार्टी शक्तिशाली भयो भने अरु पार्टीले कलह सिर्जना गर्दछ,डाहा र जलनको सुरुवात गर्न थाल्दछ,आखिर किन यस्तो भैरहेको छ भन्दा त्यहा राष्ट्रियताको सवाल विस्थापित छ। यदि त्यहा समृद्दिको रहर स्थापित थियो भने हामी सर्वसाधारण ,आम नागरिकले जुन पार्टीले जिते पनि सहेकै थियौं,जुन पार्टी सत्तामा गए पनि स्वीकार गरिरहेका थियौं,तर आज समय र परिस्थितिले राजनितिमा कोल्टे फेरिसकेको छ। आजका जनता पैसामा मत नबेच्ने/ अडान,विश्वास र समृद्धिलाई आफ्नो मत बरु दान गर्न आतुर रहेको परिस्थिति पो छ । चेतनाको स्तरको विकास ,मुलुकको १० वर्षे जनयुद्ध र त्यसैको जगमा भएको १९ दिने आन्दोलन र १७००० को बलिदानीले आजको नेपालको शासन व्यवस्था मात्रै परिवर्तित भएको छैन ,आजका जनता चेतनशील भएका छन,चेतनशीलताले समृद्दिको उज्यालो खोजेको छ । त्यही समृद्दिको उज्यालो छर्न प्रचण्डले अस्त्र छेडेका छन भने यतिबेला हामी प्रचण्डको मिसनलाई लत्याउने या प्रचण्ड सपना भरिएको समृद्दी र ठूलो कम्युनिष्ट पार्टी स्थापना गरि गणराज्यमा जनताको सत्ता ,स्थायी सरकार रोज्ने भन्ने जगमा मैले सुर्य र हसियाहथौडालाई मतदान गर्ने निर्णय गरें,सम्भावनाको खेल राजनितिको यो महान विकल्पलाइ तिरस्कार यो बेला गरियो भने हाम्रै समृद्धिको यात्रा लम्बिने र उपलव्धि हरण हुने कुरामा यतिबेला म मनमनै सोचिरहेको छु। मैले हरेक रात्रीहरुमा नसुती राजनितीको बारेमा सोच्ने गरेको छु,राजनिती भित्रका बिकृत ,समाजभित्रका गुम्सिएका आवाज,निजि जिन्दगीहरुले सहन र बहन गर्नुपरेका समस्या देखि राष्ट्रिय ,अन्तरास्ट्रिय परिस्थितिहरुको उजागर गर्ने प्रयास गर्दा कयन रात यो शरीर नढलाई मेरा औलाहरु चलाइरहेको छु र छ्वाङ्ग उज्यालो बेहोरिरहेको छु। लाग्छ ,अब हामि सबैको एकै मनको एकता,हामी सबैको देश बनाउने रहरको एकता अनि हामी सबैको सुशासनको एकता गरि हामी र हाम्रो मौलिक स्वतन्त्रता र सार्वभौम नेपाली पहिचानको सगरमाथाको उचाइ गिराउने छैनौं। हामिले सगरमाथाको उचाइबाट यो विश्वलाई मेसेज दिनुछ कि क.मार्क्स,क.लेनिन र क. माओको भौतिक शरीर हामिमाझ नभए पनि उहाहरुको विचार बाचेको देश भनेर नेपाल देशको सन्देश विश्व राजनितिलाई हामिले दिन सक्नुपर्छ । हामिले हाम्रो विश्वलाई यस्तै सन्देश दिनको निमित्त पनि हाम्रा बाझिएका मनहरु,असन्तुष्ट मनहरुलाई एकपटक सम्हालिएर सोच्दै हामी प्रतिगामी बन्ने या देशभक्त बन्नेको निर्णय आजको मितिमा महत्त्वपूर्ण भएको हुदा हामी सबैले तिक्तताको त्याग र एकताको अभ्यास गर्यौ भने हामी समृद्द बन्नलाई राजनितिक तगारोबाट छुटकारा मिल्ने कुरामा सन्देह मान्नुपर्ने छैन। धन्यवाद । लालसलाम-मेलम्ची नगरपालिका -१,भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं ,नेपाल ।