• जारी नेपाल आइडल सिजन २ अन्तर्गत ‘उत्कृष्ट ४’ मा पुग्नका लागि आज पाँच जनाले प्रतिस्पर्धा गरेका छन् । बाँकी पाँच प्रतिस्पर्धीले उत्कृष्ट प्रस्तुति दिएका छन् । यसैबीच, आज सुमित पाठकले ‘आमा’लाई संवोधन गर्दै गाएको गीतले उपस्थित सबैको मन छोयो ।

     

    दश वर्षको उमेरमा आमा गुमाएका सुमितले आज आमा बोलको गीत नै गाउ आफू र अरुलाई पनि रुवाएका थिए । आइडलमा ‘गोल्डेन माइक’ जितेका उनलाई उपाधि जित्ने प्रमुख दाबेदारका रुपमा हेरिएको छ । अब हेरौं उनको आगामी यात्रा कहाँसम्म पुग्छ ।

    दश वर्षको उमेरमा आमा गुमाएका सुमितले आज आमा बोलको गीत नै गाउ आफू र अरुलाई पनि रुवाएका थिए । आइडलमा ‘गोल्डेन माइक’ जितेका उनलाई उपाधि जित्ने प्रमुख दाबेदारका रुपमा हेरिएको छ । अब हेरौं उनको आगामी यात्रा कहाँसम्म पुग्छ ।

    आदरणीय मेरा गुरुवर्ग, नियम लगाउने भन्दापनी आफन्त ठानिदिने निर्णायकज्यूहरू सबैलाई मेरो हृदयदेखि नै नमस्कार, प्रतिश्पर्धी भन्दा पनि नजिकका अत्मीय लाग्ने आफन्त जस्ता मित्रहरू र मलाई माया गरेर आफ्नो तर्फबाट सक्दो भोट गरेर मलाई यहाँ सम्म ल्याइपुर्याउनुहुने मेरा शुभचिन्तकज्यूहरू यहाँहरू सबैलाई मेरो अन्तरहृदयदेखि नै नमस्कार छ । म आज नेपाल आइडलको जुन मञ्चमा छु त्यो सबै यहाँहरूको देनको कारण छु ।



    खासमा आज म सारै भाबुक बनेको छु । आज मैले सुशान्त केसी ज्यूले गाउनु भएको आमा बोलको गीत गाउने प्रयास गरेँ । आमा शब्दप्रति मेरो फरक अनुभूति छ । खासमा मैले साँच्चै आमाको मायाको महसुस गर्ने बेलामा मेरी आमाको काख मसँग थिएन । बुबाले मलाई संगीत चिनाउनु भयो । मैले संगीतमा नै आमाको अनुभूति पाएँ । मैले संगीत बुझेदेखि मेरा लागि संगीत नै आमाको काख भएको हो । त्यसैले आमा बोलको यो गीत मेरा लागि विशेष थियो । मैले मेरो ठाउँबा राम्रो गाउने कोशिष गरेँ । यही गीतले नेपाल आइडलको यो महामञ्चमा दोस्रो पटक "PERFORMER OF THE DAY" पनि बनायो । धेरै धेरै धन्यवाद सुशान्त केसी सर ।

    आज मेरी आमा यो संसारमा हुनुहुन्थ्यो भने सायद म भन्दा उहाँ नै धेरै खुसी हुनुहुन्थ्यो होला । यो खुसी म मेरी आमाको नाममा समर्पण गर्न चाहन्छु । आमा मैले “आमा” बोलको गीत गाएर "PERFORMER OF THE DAY" भएँ, दुनियाँ साक्षी छ आमा आजको दिनसम्म तपाईको छोरा सुमितले बाटो बिराएको छैन । मलाई आशिर्वाद दिनुहोस् आमा म मेरो ठाउँबाट अझ राम्रो गर्न सकुँ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…