• विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ ।

    न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७  नम्बर निवेदन दिएका थिए ।

    २६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरेर बिहिवार साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

    उच्च अदालतले जिल्लाको आदेश बेरितको भएको ठहर गर्दै साधारण तारेखमा छाडेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।

    रेग्मीका अनुसार बिहीबार नै सुन तस्करी प्रकरणका अर्का अभियुक्त आरके भनिने राजेन्द्रकुमार शाक्यको आदेशको मिसिल झिकाउन आदेश दिएको छ ।

    सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई सुन तस्करी प्रकरणमा सहयोग गर्दै आएको आरोप लागेका सञ्जेललाई गत फागुन १८ गते सनम शाक्यको हत्या भएपछि शव व्यवस्थापन गर्न आएको अर्को आरोप लागेको थियो ।

    तस्करीको क्रममा हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा गोरे सहितको समूहले शाक्यलाई यातना दिंदा उनको मृत्यु भएको थियो ।

    यही प्रकरणमा थुनामा रहेका प्रहरीका उच्च अधिकारीहरु पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल र डीएसपी प्रजित केसीलाई उच्च अदालतले यस अघि नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
    अन्नपुर्णबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…