• लोकदोहरी गायक नवीन पौडेलको नयाँ गित ‘घर मेरो सुदूरपश्चिम’सार्वजनिक भएको छ ।
    दोहरीको क्षेत्रमा बहुचर्चित गायक नवीन र गायिका सम्झना भण्डारीको स्वरमा सजिएको देउडा गित ‘घर मेरो सुदूरपश्चिम’ सार्वजनिक भए पछि यतिबेला मध्य तथा सुदुर पश्चिममा स्थानीय बासिन्दाले गुनगुनाउन थालेका छन् ।

    गितले छोटो समयमै बजार तताएको छ । सो गित धनगढीमा विमोचन गरिएको थियो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको विमोचन गरेकी हुन् ।

    ‘झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैँमा दंग पर्दो हो हेर्ने पाए ऐनामा, यहि हो सुन्दरपश्चिम यहि हो सुन्दरपश्चिम, तपाईं मेरो यो सेरोफोरो कैलाली घर मेरो ओइ सुवा कैलाली घर मेरो’ शब्दहरू दोहोराउँदै मन्त्री भट्टले भनिन ‘यी शब्दमा सुदूरपश्चिम प्रदेशको मैलिकता भल्कन्छ ।’ गायक पौडेलले देउडा गीतमार्फत सुदूरपश्चिम प्रदेशका कला, संकृति र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताए।

    ‘सुदूरपश्चिममा गायिने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भने । यस्तै गायिका सम्झना भण्डारीले देशको लोकसंस्कृतिको जर्गेना र संरक्षणका लागी मौलिक लोक संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।यो गीतले सफलता पाउनेमा दुवै जना ढुक्क छन् ।

    पृथ्वी इन्टरटेन्मेन्टमार्फत बजारमा ल्याइएको गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ भने लय नवीन पौडेलको हो । शब्द दिग्गज धौरालीले कोरेका हुन् यस्तै छायांकन राजेश घिमिरेको रहेको छ । गितको निर्देशक प्रकाश भट्टले गरेको बताइएको छ । सम्पादन बिण्णु शर्माले गरेका हुन् ।

    https://www.youtube.com/watch?v=MFOEsyPLuw4

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…