• हरि कोइराला
    उर्लाबारी २१ मङ्सिर । मोरङको उर्लाबारी–८ मा मन्जिल एग्रीकल्चर कम्पनी प्रालिले २०७४ को बैशाखमा सुरु गरेको मत्स्य पर्यटनमा आधारित माछापालन ब्यावसाय नगरमा नमूना ब्यावसाय बन्दै गएको छ ।

    उर्लाबारी–८ का भरतकुमार बस्नेत र डिल्लीकुमार न्यौपानेले ११ विगाहा जग्गामा ४ विगाहाको जलासय युक्त पोखरीमा माछापालन गरिरहनु भएको छ । वार्षिक २५ मन धान ठेक्का बुझाउने सर्तमा १५ वर्षका लागि जग्गा लिजमा लिएर ब्यावसाय सुरु गरेको डिल्लीकुमार न्यौपानेले बताउनु भयो ।
    उहाँहरूले माछाका भुरा समेत आफै उत्पादन गर्न ४ वटा पोखरीमा भुराको नर्सरी राख्नु भएको छ । नर्सरी पोखरीमा रहु, नैनी, कमल,विगेट,सिल्भर, ग्रास र भ्याकुर जातका भुरा छन् ।तिनै भुरालाई ठूला पोखरीमा सारेर पाल्ने गरेको न्यापानेले बताउनु भयो । २५ लाख रुपियाँ लगानी गरी पोखरी खनेका न्यौपाने र बस्नेतले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट २ लाख २० हजार रुपियाँ अनुदान पाएको बताउनु भयो ।उहाँहरूले पोखरी परिसरलाई सुरक्षित गर्न ७ लाख खर्चेर तार घेरा समेत गरिसक्नु भएको छ ।

    वार्षिक ५० लाख रुपियाँको माछा उत्पादन गर्ने र बिक्री गर्ने महत्वकांक्षी लक्ष्यका साथ माछापालन सुरु गरेका ब्यावसायीहरू हाल माछा उत्पादन र श्रमिकका लागि दैनिक ६ हजार रुपियाँ खर्च भइरहेको बताउनु हुन्छ । माछाको दानापानी ब्यवस्थापनका लागि कम्पनीले ३ जनालाई रोजगार दिएको छ । ब्यवसायी बस्नेतले भन्नुभयो– पहिलो वर्ष लक्ष्य अनुसार उत्पादन गर्न सकेनौं । यद्यपि २० लाख रुपियाँको माछा बजार गएको छ । विषय वस्तुको तालिम र अध्ययन बिना नै ब्यावसायमा हात हालेकोले लक्ष्य अनुसार उत्पादन लिन नसकेको न्यौपाने र बस्नेतको भनाई छ ।



    माछापालन र मत्स्य पर्यटनको पूर्वाधार निर्माणमा उहाँहरूले हाल सम्म १ करोड २० लाख रुपियाँ खर्च गरिसक्नु भएको छ । ११ विगाहा जमीन भित्र बनभोज स्थल,बाल उद्यान,फेमिलि टावर, रोज एण्ड भ्यू टावर, होटल ,सेल्फी टावर र फुटेज गार्डेन निर्माण धमाधम निर्माण भइरहेका छन् । सम्पूर्ण पूर्वाधार तयार भइसक्दा कुल ५ करोड रुपियाँ लगानी हुने ब्यावसायी भरत बस्नेतले बताउनु भयो । उहाँहरूले माछापोखरीको बरिपरि १ विगाहा ८ कट्ठा जग्गामा २० प्रजातिका सीमसार युक्त वनस्पति रोपिसक्नु भएको छ । त्यसैगरी मत्स्य पालन क्षेत्रमा ६० वटा हाँस, १५० वटा स्थानीय जातका कुखुरा र ५ माउ गाई पालिएको छ ।
    माछापालनको अवलोकन गर्न आउनेलाई ईच्छा अनुसार माछा झिकी ,पकाएर खान दिने,किन्न दिने र आवासको समेत सुविधाका लागि होटल निर्माण गरिरहेको उहाँहरूको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…